बालयौन दुराचारको आरोपमा पक्राउ

Featured विशेष समाचार समाज

काठमाडौँ, ६ माघ  ः बाल यौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१३ कालिमाटीस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरी तीन बालकको उद्धार गरेको ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । विदेशी नागरिकले नेपाली बालकलाई प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा जाँच गर्दा अपार्टमेन्ट लिएर बस्दै आएका बेलायती नागरिक आयन रोवर्ट कोले र उनका दुई नेपाली सहयोगीलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेकाविरुद्ध बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुन अपराध मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ । आज अदालतबाट पाँचदिने म्याद थप गरेर उनीहरुको विषयमा अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ ।

 

-(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *