कृषि तथा पशुपंक्षी क्षेत्रमा ३४ अर्ब ८० करोड विनियोजन

काठमाण्डाै – सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रमा ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको विकास, किसानलाई अनुदान, स्वदेश तथा विदेशबाट फर्केका युवालाई कृषि उद्यमी बनाउन ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । एक स्थानीय तहमा एक प्राविधिक पुर्‍याउने […]

Continue Reading

सांसदहरुलाई ९ अर्ब ९० करोड बाँडिने : हरेकको भागमा ६ करोड, अर्थमन्त्रीलाई सा‌ंसदकाे ताली

काठमाण्डाै – सरकारले सांसदहरुलाई ६ करोड रुपैयाँका दरले बजेट दिएको छ । अहिले ४ करोड रुपैयाँ पाएका सांसदले १० करोड रुपैयाँ सम्म माग गरेका थिए । तर अर्थमन्त्री  डाक्टर युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ६ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ । यो रकम कार्यविधि बनाएर खर्च गर्न पाउने बजेटमा उल्लेख छ । अर्थमन्त्रीको […]

Continue Reading

आर्थिक वर्ष २०७६/०७७ को बजेट १५ खर्ब ३२ अर्ब, कुन–कुन क्षेत्रमा कति छुट्ट्याए अर्थमन्त्री खतिवडाले ?

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय ससंदको संयुक्त बैठकमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ […]

Continue Reading

प्रधानमन्त्री कृषि परियोजनालाई ८ अर्ब १० करोड विनियोजन

काठमाडाैँ, १५ जेठ । सरकारले प्रधानमन्त्री कृषि परियोजनाका लागि ८ अर्ब १० करोड विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् प्रधानमन्त्री कृषि परियोजनालाई संरचनात्म सुधार गर्न यो बजेट विनयोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै जानकारी गराए । यसैगरी सरकारले उखु उत्पादक किसानलाई पनि उत्पादनका आधारमा अनुदान दिने भएको छ […]

Continue Reading

वृद्धभत्ता एक हजार बढ्यो, अब मासिक ३ हजार दिइने

काठमाडौँ, १५ जेठ । सरकारले वृद्धभत्ता बढाएको छ । हाल पाइरहेको मासिक दुई हजार रुपैयाँमा एक हजार थपेर मासिक ३ हजार बनाइएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए । बुधबार संघीय संसदको सयुंक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गर्दै उनले वृद्धहरुको सम्मानका लागि सरकारले रकम बढाएको बताए । उनले यसबाट देशभरका १३ लाख वृद्धहरु […]

Continue Reading

असिना पानीले कृषिबालीमा पुर्याएको क्षतिको सांसद गिरी द्वारा स्थलगत निरीक्षण

१२ जेठ, पर्वत ।  यहि जेठ ९ गते पर्वत जिल्लाको मोदी गाउँपालिका र कुश्मा नगरपालिका का पर्वतका विभिन्न स्थानहरुमा  हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको अवस्था बारेमा  प्रतिनिधि सभा सदस्य माननीय सांसद पदम गिरी सहितको टोलीले पकुवा, राम्जा र चित्रेमा स्थलगत  निरीक्षण गर्नु भएको छ । निरीक्षण टोलीमा नेपाल कम्युनिष्ट पार्टी का गण्डकी प्रदेश सदस्य […]

Continue Reading

कृषि ज्ञान केन्द्र प्रमुख बासुदेव रेग्मी सहितको टोलीले असिना पानीले पुर्याएको क्षतिको निरीक्षण

१० जेठ, पर्वत । यहि जेठ ९ गते पर्वत जिल्लाको विभिन्न स्थानमा  दिउँसो परेको हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख बासुदेव रेग्मी सहितको टोलीले  निरीक्षण  तथा क्षति विवरण संकलन गरेको छ । निरीक्षणको क्रममा कुश्मा नगरपालिका–११, पकुवामा विशेष गरि कृषकले बनाएका हाईटेक ग्रिन हाउसको टनेलमा क्षति पुर्याएको देखिएको छ । […]

Continue Reading

आधिकारिक ट्रेड युनियनका अध्यक्ष ढकाल सवारी दुर्घटनामा घाइते, अप्रेसनको तयारी हुँदै

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल सवारी दुर्घटनामा परी घाइते भएका छन् । इनरुवाबाट काठमाडौँ फर्किने क्रममा बा १ झ ५१२९ नम्बरको गाडी भकुण्डेबेसिमा राति १ः३० बजे दुर्घटना हुँदा अध्यक्ष ढकालसहित अन्य दुई जना घाइते भएका छन् । अध्यक्ष ढकालको बायाँ हात भाँचिनुका साथै साथै खुट्टामा चोट लागेको छ । उनको […]

Continue Reading

पर्वतमा असिना पानीले कृषिबालीमा व्यापक क्षति

९ जेठ २०७६ । पर्वत जिल्लाको मोदी गाउँपालिका लगायत विभिन्न स्थानमा आज दिउँसो परेको हावाहुरी सहितको असिना पानीले कृषकहरुले लगाएको विभिन्न कृषि बाली र कृषि जन्य भौतिक संरचनाहरुमा व्यापक क्षति पुर्याएको छ । असिना पानीले पुर्ण रुपमा कृषि बालीहरुमा क्षति पुर्याए पछि पर्वतका कृषकहरु पिडामा परेका छन । किसानले लगाएको मकैवाली, गहुँ, तरकारी काँक्रो, घिरौला, […]

Continue Reading

पोखराका सडकमै कायकीङ !

पोखरा : उचित निकास नहुँदा पोखराको पर्यटकीय केन्द्र लेकसाइडको सडकमै आकासे पानी जमेको छ। सडकमा जमेको पानीमा स्थानीय युवाले विरोधस्वरुप कायक चलाएका छन्। पोखरा महानगरपालिका, सडक विभागमा आकासे पानीको उचित निकास दिन व्यवस्थित ढल निर्माणकालागि माग गरेपनि सुनुवाई नभएपछि ध्यान आकर्षणका लागि कायक चलाएको स्थानीय अनिल थापाले बताए। नेपालमा सबैभन्दा धेरै पानी पोखरामा पर्दछ। उक्च पानीको उचित […]

Continue Reading