पर्वतमा असिना पानीले कृषिबालीमा व्यापक क्षति

Featured विशेष समाचार समाज

९ जेठ २०७६ । पर्वत जिल्लाको मोदी गाउँपालिका लगायत विभिन्न स्थानमा आज दिउँसो परेको हावाहुरी सहितको असिना पानीले कृषकहरुले लगाएको विभिन्न कृषि बाली र कृषि जन्य भौतिक संरचनाहरुमा व्यापक क्षति पुर्याएको छ ।

असिना पानीले पुर्ण रुपमा कृषि बालीहरुमा क्षति पुर्याए पछि पर्वतका कृषकहरु पिडामा परेका छन । किसानले लगाएको मकैवाली, गहुँ, तरकारी काँक्रो, घिरौला, फर्सी, करेल, लौका, वोडी, गोलभेँडा विरुवा नष्ट गर्नुको साथै असिना पानीले लिची, सुन्तला, आरु, मेवा आप, लगायतका फूल तथा फलहरु झारेर नष्ट गरेको र आधुनिक ग्रिन हाउस टनेलमा पनि क्षति गरेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनु भयो ।

क्षतिको विवरण पुर्ण रुपले नआएको र थप क्षतिको विवरणको लागि सवै स्थानीय तहलाई रिर्पोटिङको लागि आग्रह गर्दै यस परिस्थितमा कृषि विमा को पुर्ण कार्यान्वयको थप महसुस भएको भन्दै यस विपत्तिको बारेमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पोखरामा जानकारी गराएको प्रमुख रेग्मीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *