दुर्लभ पक्षी गिद्ध संरक्षण अभियान शुरु

गाईघाट, ६ मङसिर : उदयपुर जिल्लाको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भीर क्षेत्रमा लामो समयदेखि बस्दै आएका दुर्लभ पक्षी गिद्धको संरक्षण अभियान शुरु भएको छ । नगरपालिकाका अनुसार उक्त भीर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लाहरूमा घुमन्ते गिद्धहरूको लामो समयदेखि आश्रयस्थल रहेको र अहिले झण्डै ६०० गिद्ध बस्दै आएका कारण यसको संरक्षणमा अभियान […]

Continue Reading

गोर्खा समाधिस्थलको निर्माण अझै जारी

पोखरा, ६ मङ्सिर  छ वर्षअघिदेखि स्याङ्जामा थालनी गरिएको गोर्खा समाधिस्थलको निर्माण अझै जारी छ । फेदीखोला गाउँपालिका–१ स्थित साल्मेडाँडाको करिव ३०० रोपनी जग्गामा सन् २०१२ देखि सो समाधिस्थलमा निर्माण थालिएको थियो । पोखरास्थित स्वतन्त्र पत्रकार सङ्घले बुधबार यहाँ आयोजना गरेको ‘गोर्खा स्मारक, उद्देश्य र उपलिब्ध’ विषयक अन्तरक्रियामा प्रथम विश्वयुद्धमा २० हजार र द्वितीय विश्वयुद्धमा २३ […]

Continue Reading

भारतीय कलाकार आलोक नाथविरुद्ध मुद्दा दर्ता

मुम्बई, ५ मङ्सिर भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उहाँविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । भारतमा बढ्दै गइरहेको मि टु अभियानका कारण अन्य केही कलाकारलाई पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ । एक जना […]

Continue Reading

मानवअधिकार उल्लङ्घनका ६४ घटना 

कावासोती, ६ मङ्सिर नवलपरासी पूर्व नवलपुरमा ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र ९इन्सेक० नवलपरासी पूर्वले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको विवरणमा जिल्लामा विभिन्न प्रकृतिका मानवअधिकार उल्लङ्घनका ६४ घटना भएको उल्लेख छ । ती घटनामा सबैभन्दा धेरै बालिका र महिला पीडित थिए । […]

Continue Reading

देउवाले चित्त बुझ्दो काम गर्नुभएन : काङ्ग्रेस नेता सिंह

रुपन्देही, ५ मङ्सिर नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाउनुभएको छ । विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उहाँले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहनुभएका नेता सिंहले बिपी, गणेशमान र […]

Continue Reading

चिसो वृद्धि

काठमाडौँ, ५ मङ्सिर काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा मङ्गलबार आठ र आज बुधबार ८ डिग्री सेल्सियस तामक्रम रहेको छ । लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा नगरकोटीले […]

Continue Reading

बुद्ध जन्मस्थल पञ्चशील क्षेत्र घोषणा

रुपन्देही, ५ मङ्सिर गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गर्नुभएको हो । लुम्बिनी शान्ति र अहिंसाको भूमि हो । यो क्षेत्रभित्र ‘हत्या, हिंसा, चोरी व्यभिचार र मदिरापान गर्न पाइने […]

Continue Reading

अख्तियारको सक्रियतामा ३९ ट्र्याक्टर नियन्त्रणमा

बाँके, ४ मङ्सिर राप्ती नदीमा भइरहेको नदीजन्य वस्तुको अवैध दोहन रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ । राप्ती नदीबाट अवैधरुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको उजुरी परेपछि अख्तियारले सक्रियता देखाएको सूचना अधिकारी निराजन शर्माले जानकारी दिनुभयो । आयोगको कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेसहित पुगेको प्रहरी टोलीले राप्ती नदी किनारस्थित बनकट्टी नजीकैबाट ३९ […]

Continue Reading

नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई

परासी, ५ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो । स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले स्थानीय कमिटीको नेतृत्व चयन गर्ने अधिकार […]

Continue Reading

लैङ्गिक हिंसाविरुद्ध अभियान

पोखरा, ५ मङसिर पछिल्लो समयमा समाज बढ्दै गएको विभिन्न खाले हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोत्ता महासङ्घ गण्डकी प्रदेशले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा मङ्सिर ९ देखि २४ गतेसम्म प्रदेशका ११ वटै जिल्ला सदरमुकाममा कार्यक्रम गर्ने आज पोखरामा बसेको महासङ्घ प्रदेश बैठकले निर्णय […]

Continue Reading