नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कास्की जिल्ला समितिले आज तालचोकमा कोणसभा सम्पन्न

Featured राजनीति समाचार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कास्की जिल्ला समितिले आज तालचोकमा कोणसभा सम्पन्न
गरेको छ | 

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्तोलाको संचालन रहेको कार्यक्रममा नेकपाका कास्की
जिल्ला सेक्रेटरी विश्वासले सम्बोधन गर्नुभएको थियो |    सम्बोधनका क्रममा कास्की जिल्ला सेक्रेटरी विश्वासले आफू
जनताको माझमा जाँदा केपी सरकारले आतंककारीको बिल्ला भिराएको आरोप लगाउनुभएको थियो | उहाँले अहिले
आफूहरु सरकारसंग झुकेको नभई सरकार आफूसंग झुकेर ३ बुंदे सम्झौता गर्न बाध्य भएको भन्दै, सरकार सम्झौताप्रति
इमान्दार नभए बैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाका लागि नेकपा जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको
बताउनुभएको थियो | कार्यक्रममा अखिल क्रान्तिकारीका कास्की जिल्ला अध्यक्ष पुरण पुनको समेत उपस्थिति रहेको
थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *