बन्दाबन्दी को समयलाई उपयोग गर्दै बिपद जोखिम ब्यबस्थापन तथा जनचेतना मुलक कार्य मा अग्रसर फेसबुक ग्रुप भकारी ( Bhakari Relive From Disaster ) ले आज भर्चुवल माध्यम बाट बिपद सम्बाद कार्यक्रम सम्पन्न गरेको छ।
हाल यस ग्रुपका सस्थापक समितिमा ई. गोपाल आचार्य र ई.सुदिप पान्डे रहनु भएको जानकारी ई. सुदिप पान्डेले गराउनु भयो। अहिले दुबै जना Pokhara University मा “Master in Public Health and Disaster Engineering” का तेस्रो सेमिस्टर का बिद्यार्थी रहेका छन। कार्यक्रममा एक्सन एड नेपाल मा कार्यरत ईन्जिनियर मिनेस गुरुङ ले नेपाल मा बिपद जोखिम ब्यबस्थापन का नीति गत प्राबधान र समुदाय मा आधारित बिपद जोखिम न्यूनीकरणका अभ्यास हरुको बारेमा प्रस्तुत गर्नु भएको थियो। साथै एस कार्यक्रम सन्चालन सुदिप पान्डे र गोपाल आचार्य ले गर्नु भएको थियो। भने उक्त कार्यक्रम मा ४५ जना भन्दा बढी को उपस्थित रहेको जानकारी गोपाल आचार्य ले जानकारि दिनुभयाे।
आगामी दिनमा उक्त ग्रुपले बिपद जोखिम ब्यबस्थापन तथा जनचेतना मुलक कार्य सहकार्य गर्ने प्रतिवद्धतासमेत जाहेर गर्नु भएको थियो।