लेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक सल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराईएको छ

Featured समाचार स्वास्थ्य

पोखरा महानगरपालिका अन्तरगत लेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक सल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराईएको छ । शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डक्टर रुपेश सिंह बस्नेत नेतृत्वको चिकित्सकको टोलीले एक महिलाको सफल सल्यक्रिया गरेको हो ।    बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भै पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल सल्यक्रिया गरी प्रसुती  गराईएको अस्पतालका मेडिकल सुपरिटेण्डेन प्रतिभा कोइरालाले जानकारी      दिईन् ।अस्पतालबाट यसअघि सामान्य सुत्केरी सेवा उपलब्ध हुदै आएकोमा अव देखी शल्यक्रिया मार्फत पनि प्रसुती  सेवा श७३घढसरु भएको कोइरालाले
बताईन । लेखनाथ क्षेत्रका शल्यक्रिया मार्फत प्रसुती गराउन पोखरासम्मै
जानुपर्ने बाध्यता हटेको बताउँदै, मेसु कोइरालाले अस्पतालका सेवाहरुलाई थप सुधार गरिदै लगिने समेत बताईन ।
तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा प्रसुती सेवाका लागि
आवश्यक पूर्वाधार तयार भएको उल्लेख गर्दै, मेसु कोइरालाले त्यसमा पोखरा महानगरका प्रमुख मानबहादुर जि.सि र उपप्रमुख मञ्जुदेवी गुरूङबाट थप सहयोग र हौसला प्रदान भएको बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *