राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालको ३० औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई ज्यूको शुभजन्मोत्सवको पावन अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको सम्पन्न भएको छ । यसको अवसर पारी नेष्डो नेपालले पर्बत जिल्ला अस्पतालमा उपचार गर्दै गरेका विरामीलाई फलफुल वितरण: सङ्गै पर्बत हस्पिटल हातामा Free Wifi को ब्यबस्था गर्ने प्रतिबद्धता जनाएको छ। उक्त कार्यक्रममा अस्पतालको ब्यबस्थापन समितिका अध्यक्ष श्री शंकर गिरी, ब्यबस्थापन समितिका अध्यक्षको जिम्मेवारीमा रहि अस्पतालको कुशल ब्यबस्थापन गर्दै जनतालाई स्थानीय तहमा गुणस्तरीय सुलभ स्वास्थ्य सेवाको सुनिश्चित गर्न खेलेको भूमिकाको उच्च कदर गर्दै “सामाजिक ब्याक्तित्व सम्मान” द्वारा सम्मानित हुनु भएको छ ।