सल्लाहकार स्वागत तथा सुचनाको हक सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गण्डकी प्रदेश समाचार

पोखरा पुष १९
लाली गुँरास टोलविकास संस्थाको आयोजनामा सल्लाहकार स्वागत तथा सुचनाको हक सम्वन्धी तालिम सम्पन्न भएको छ । सल्लाहकार स्वागत तथा सुचनाको हक सम्वन्धी तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि बोडकाष्टिङ्ग एशोसियसन अफ नेपाल (बान) का केन्द्रिय महासचिव तथा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले लाली गुँरास टोल विकास संस्थाले गरेका गतिविधिको खुलेर प्रशंसा गर्नुभयो । संस्थाले टोलमा सरसफाई देखि सामाजिक तथा विकास निर्माण कामहरु समेत गर्न सफल भएर महानगरपालिका वडा नम्वर ८ मा छुट्टै पहिचान बनाउन सफल भएको समेत बताउनुभयो । साथै उहाँले सुचनाको हक नेपालको संविधानको धारा २७ मा सुचनाको हक सम्वन्धी व्यवस्था गरी यसलाई मौलिक हक अन्तर्गत राखिएको हुँदा यसको भरपुर प्रयोग गर्न टोलबासीलाई आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा विश्व हिन्दु महासंघका जिल्ला उपाध्यक्ष तथा कुँवर टोल विकास संस्थाका अध्यक्ष पार्वती पौडेल टोलबासीले गरेको काम अत्यन्तै प्रभावकारी भएको बताउनुभयो । साथै सुचनाको हक सम्वन्धी जानकारी आम नागरिकलाई हुनुपर्नेमा जोड दिनुभयो । प्रशिक्षक तथा सुचनाको हक सम्वन्धी सय दिने कार्यक्रमका संयोजक शिवराज बस्ताकोटीले सामुदायिक सुचना समाजले टोलटोलमा सुचनाको हक सम्वन्धी तालिम सहितको अभियान लिएर हिडेको बताउनुभयो । त्यस्तै कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष मेनुका बरालले संस्था अगाडी बढ्न संस्थामा रहेका दिदीबहिनीको एकता शक्ति भएको बताउनुभयो । संस्थाका अध्यक्ष मानकुमारी बरालको अध्यक्षतामा भएको कार्यक्रममा सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराई, सल्लाहकारको तर्फबाट राधा क्षेत्री, प्रगती आमा समुहका अध्यक्ष गौरी पौडेल लगायतले बोल्नुभएको थियो । संस्थाका उपाध्यक्ष मंगली बाँस्तोलाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव सरश्वती गिरीले गर्नुभएको थियो । संस्थाले सल्लाहकारहरु सानो टेकन गिरी, शालीग्राम पोख्ररेल, राधा क्षेत्री, दुर्गा बाँस्तोला र दिलु भण्डारीलाई स्वागत गरिएको थियो । प्रशिक्षण कार्यक्रममा सामुदायिक सुचना समाजका अध्यक्ष दिपक आचार्य र कार्यक्रम संयोजक शिवराज बस्ताकोटीले प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *