ठमेलमा हातपात गरी लुटिए पर्यटक

पर्यटन समाचार
काठमाडौं । लकडाउनको समयमा मुलुकको प्रमुख पर्यटकिय स्थल ठमेलमा पर्यटकमाथि लुटपाट भएको छ। शनिवार साँझ ठमेलको पकनाजोल स्थित पकनाजोल मार्गमा बेलायती नागरीक ग्रेगरी हाईनेस र ईटालिएन नागरिक सिमोना मारिउक्कीमाथि हातपात गरी लुटपाट भएको हो।
साँझ करिव ८ बजे खाना खान जाने क्रममा हिँडिरहेको समयमा उनीहरुमाथि लुटपाट भएको उनीहरुले हिमवत्खण्डलाई जानकारी गराएका छन। घटनापछि उनीहरु हिमवत्खण्डको सम्पर्कमा आएका थिए ।‘हिँड्दै जाने क्रममा साँघुरो र अँधेरो बाटोमा केही व्यक्तिले हामीलाई हातपात गरि लुटे।’उनीहरुले भने । हातपातबाट बेलायती नागरीक ग्रेगरीको आँखा र निधारमा चोटपटक लागेको छ ।
उनीहरुले पकनाजोल मार्ग स्थित जोस्टल तथा शान्तिपुर काठमाडौं होटल नजिकैको साँघुरो बाटोमा हातपात गरी लुटपाट गरिएको बताएका छन। उनीहरुले आफ्नो साथमा रहेको करीव ३ हजार नेपाली रुपैँया लुटिएको र मोवाईल,पासर्पोट लगाायतका महत्वपूर्ण सामग्री रहेको झोला समेत लुट्ने प्रयास गरेको बताएका छन।
हाम्रो सम्पर्कमा आएसँगै घटनाबारे तत्काल पर्यटन प्रहरी र स्थानीय प्रहरीलाई जानकारी गराईएका थियो। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *