विश्व दमरोग दिवस २०२२ विभिन्न चेतनामुकल कार्यक्रमसहित सम्पन्न

गण्डकी प्रदेश शिक्षा समाचार स्वास्थ्य

३ मे, मंगलबार
पोखरा, नेपाल

हरेक वर्ष मे महिनाको पहिलो मंगलबार विश्व दमरोग दिवस मनाइन्छ। यस वर्ष विश्व दमरोग दिवस २०२२ लाई Closing Gaps between Asthma Care भन्ने नाराका साथ मनाइएको छ। यद्यपि दम निको हुन सक्दैन, दमबाट हुने जटिलतालाई भने कम गर्न र रोक्नका लागि दमरोगको व्यवस्थापन गर्न सम्भव छ। दमरोगको रोगथाम र व्यवस्थापनमा धेरै कमिहरु छन जसमा दमरोगीहरुको समस्याहरु, उपचार लागतहरु कम गर्न स्वास्थ्य सचेतनाका कार्यक्रमहरु आवश्यक छ।
सोही उद्देश्यले दमरोग रोकथाम र व्यवस्थापनसम्बन्धी निम्याट नेपाल, Ideas for LA Grandee को आयोजना र ॐ हस्पिटलको सहकार्यमा विभिन्न स्वास्थ्य सचेतनाका कार्यक्रमहरु गरि विश्व दमरोग दिवस २०२२ सफलतापुर्वक मनाइएको छ। उक्त कार्यक्रमहरुमा छाती रोग विशेषज्ञ डा. सि पि आचार्य, निम्याट नेपालका अध्यक्ष सदिक्षा सापकोटा, Ideas for LA Grandee का अध्यक्ष जीवन भण्डारी, सिप्ला र ग्लेन्मार्कका प्रतिनिधिहरुको विशेष आतिथ्यतामा र ला ग्रण्डि इन्टर्नेशनल कलेज, स्कुल अफ हेल्थ एन्ड अलाइद साइन्स पोखरा विश्वविद्यालय, मनिपाल कलेज अफ मेडिकम साइन्स, चरक एकेडेमी, कान्तिपुर इन्स्तिचुत अफ हेल्थ साइन्सका विध्यार्थिहरुको सक्रिय सहभागितामा सम्पन्न भएको थियो।
संचालन गरिएका कार्यक्रमहरु:
१. र्याली
२. Flashmob
३. IEC material distribution
४. हेल्थ डेस्क
५. निशुल्क फोक्सो परिक्षण (PFT test)

उपरोक्त कार्यक्रमबाट एक हजार हारहारिमा व्यक्तिहरु प्रत्यक्ष, अप्रत्यक्ष रूपमा लाभान्वित भएका थिए। फोक्सोको पीएफटी परीक्षण नि:शुल्क गर्न पाएपछि सर्वसाधारण खुसी भएका थिए। यस वर्षको नारा विषयवस्तुले खडा गरेको चुनौती भनेको सहकर्मीहरू, बिरामीहरू र स्वास्थ्य सेवा प्रदायकहरूसँग मिलेर दमको हेरचाहमा रहेको कमीहरू पहिचान गर्न र बन्द गर्न र स्थानीय र विश्वव्यापी रूपमा नवीन समाधानहरू कार्यान्वयन गर्न र साझेदारी गर्न मद्दत गर्नु हो। तसर्थ, यस सञ्चालित स्वास्थ्य सचेतना र प्रवर्द्धन कार्यक्रमहरूले युवाहरू, स्वास्थ्य सेवा प्रदायकहरू, र सम्पुर्ण सम्बन्धित सरोकारवालाहरूलाई समन्वय गरी दमको रोकथाम र व्यवस्थापन गर्ने बारेमा सचेतना जगाउन गरिएको थियो।

पोखरा, नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *