कुश्मा पर्वत
आगामी स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिका ०८ चुवामा युवाहरुको नेतृत्व गर्दै स्थानीय युवा राजेश गिरीले वडा अध्यक्षमा स्वतन्त्र उमेद्वारी दिएका छन ।
‘बाझिएर दलीय स्वार्थको खेलमा स्थानीय मुद्दाहरुलाई अनिर्णित बनाएरै छाड्ने कि त्यसको दीर्घकालीन समाधान खोज्ने’ भन्दै गिरीले प्रश्न गरे । ‘ वडा सानो इकाइ भएकाले यो कुनै राजनीतिक वाद, विचार वा आस्थाको आधारमा विभाजित हुनु हुदैन ।’ स्वतन्त्र रुपमा निर्वाचित जनप्रतिनिधिले मात्रै साझा नेतृत्व लिन सक्ने भन्दै आफुले उमेदवारी दिएको बताउनु भयो । गिरीको प्रस्तावक र समर्थकमा सन्दिप पौडेल र सुर्य पोख्रेलले हस्ताक्षर गरेका छन|