महिला समूहको सक्रियतामा क्रियाकर्म भवन निमार्ण

Featured गण्डकी प्रदेश समाचार समाज

पोखरा १० रामघाट का ४ महिला समूहको सक्रियतामा रामघाट धार्मिक क्षेत्र बिकास समिति संगै रहेको लक्ष्मीनारायण परिसरमा क्रियाकर्म भवन निमार्ण गरिएको छ ।

बस्ती बिकास संगै बढ्दैगएको सहरीकरणका कारण समाज नै अब्यवथीत हुन थालेपछि मृत्यु पश्चात गरिने सामाजिक क्रियाक्रमका लागि समस्या उत्पन्न हुन थालिरहेको अवस्थामा समग्र रामघाट क्षेत्रमा एउटा क्रिरियाक्रर्म भवनको आबश्यकता महशुस गर्दै यहाका सामाजिक अभियान्ता बिरेन्द्र बहादुर कार्की , अनिता तिमिल्सिना , निर्मला कार्की भण्डारी , सिता बानिया, शान्ति सुवेदी , राम बहादुर क्षेत्री , खगीसरा पहारी,रुद्र बहादुर कार्की, सिद्धि बहादुर कार्की लगायतका ब्यक्तिहरुको अगुवाईमा समिति नै बनाएर कामको सुरुवात गरिएको थियो ।

कुल १६ लाखको खर्चमा निमार्ण गरिएको सो क्रियाकर्म भवनमा १४ लाख रुपैया महिला समूह तथा स्थानिय सहयोगदाताहरुको चन्दा सहयोग साथै पोखरा महानगरपालिका वडा नं १० को रु २ लाख आर्थिक सहयोगमा निमार्ण सम्पन्न गरिएको कुरा किरियाुपुत्र्री भवन ब्यवस्थापन समितिका कोषाध्यक्ष सिता बानिया ले बताईन । बजेट अभावका कारण निमार्णकार्य अझै पुरा नभएको बताउदै बानियाले सहयोग दाताहरु संग सहयोगको आब्हान गरेकी थिईन ।

सो भवन निमार्ण कार्य गिताशान्ति मार्ग महिला समूह ,रामघाट महिला समूह, गौतम बुद्ध आमा समूह,बुद्धचोक महिमा समूह लगायतको बिशेष पहल र सक्रियतामा सम्पन्न भएको हो ।

भवनको एक कार्यक्रमका बिच पोखरा महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राजकुमार गुरुड.ले उद्घाटन गरेका थिए ।

कार्यक्रममा रु २० हजार भन्दा माथि सहयोग गर्ने सहयोगदाताहरुलाई दोसल्लाले सम्मान समेत गरिएको थियो ।

कार्यक्रमको सभापतित्व क्रियापुर्ती भवन ब्यवस्थापन समितिकी अध्यक्ष अनिता तिमिल्सीनाको सभापतीत्वमा संचालन गरिएको थियो भने कार्यक्रम संचालन समितिकी सचिव निर्मला कार्कीभण्डारीले गरेकी थिईन ।

कार्यक्रममा बिरेन्द्र बहादुर कार्की , दिपक थापा लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *