जबरजस्ती चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ

Featured समाचार

सिन्धुपाल्चोक। चैत्र १०

सिन्धुपाल्चोक जिल्ला अदालतबाट मिति २०७०।१०।१४ गतेको फैसलाले १ महिना १५ दिन  कैद र ४१,८५० (एकचालिस हजार आठ सय पचास ) जरिवाना वापत समेत हुने ठहरी सजाय तोकिएको जबरजस्ती चोरी मुद्धाका फरार प्रतिवादी जिल्ला सिन्धुपाल्चोक साविक तालामाराङ्ग गा.बि.स.९ हाल मेलम्ची न.पा. वडा नं.२ थापाटोल बस्ने बर्ष ३५ को सिते भन्ने रुप बहादुर थापालाई यस कार्यालयबाट फैसला कार्यान्वयनको सिलसिलामा खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा मिति २०७५।१२।०९ गते साँझ २०:०० बजेको समयमा बनेपा चारदोबाटो बजारमा लुकीछिपि हिडिरहेको अवस्थामा फेला पारी निज प्रतिवादी रुप बहादुर थापालाई नियन्त्रणमा लिई सोही मितिमा यस कार्यालयमा दाखिला गरेकोमा निज प्रतिवादीलाई आज मिति २०७५।१२।१० गते सम्मानित  सिन्धुपाल्चोक जिल्ला अदालतमा पेस गरेकोमा  जरिवाना वापत हुने सजाँय समेत गरी ४ महिना १२ दिन कैद भुक्तान गर्न बाँकि रहेकोले सो कैद भुक्तानको लागी जिल्ला कारगार शाखा, सिन्धुपाल्चोक चौतारा पठाइएको छ ।

साथै हाल सम्म अन्य फरार प्रतिवादीहरुको समेत खोजतलास गरिरहेको व्यहोरा समेत जानकारी सुचना अधिकारी :- प्र.ना.उ. माधव प्रसाद काफ्ले  दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *