घुस लिएको अभियोगमा सहायक रजिष्टार गीताकुमारी पन्थीलाई पक्राउ

बागमती प्रदेश समाचार

काठमाडौँ, १ माघ 

घुस लिएको रकम सुरक्षित गर्न सरकारी कर्मचारीले परिवारका अन्य सदस्यको समेत प्रयोग गर्ने गरेको खुलासा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस लिएको अभियोगमा कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्टार गीताकुमारी पन्थीलाई पक्राउ गरेपछि सो कुराको रहस्य खुलेको हो ।

आयोगका अनुसार सहायक रजिष्टार पन्थीले घुसमा लिएको रकम छोरी पोषण पन्थीलाई राख्न दिएको पाइएको छ । काठमाडौँमा दर्ता रहेको एक विद्यालयको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरेको आयोगको दाबी छ ।
घुस रकम मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले सहायक रजिष्टार पन्थी र उहाँका छोरी पोषणलाई सोमबार पक्राउ गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *