बलेवामा ट्याक्टर दुर्घटना चालक गम्भिर घाईते

Featured गण्डकी प्रदेश विशेष समाचार समाज

बागलुङ, ५ पुस-बागलुङको वलेवामा बिहिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । बागलुङको पञ्चकोटका ट्याक्टर चालक सुरेश बिक घाईते भएका हुन् । बागलुङ बजारदेखी कुश्मीशेरा जाँदै गरेको ना ७ त ११०५ नम्बरको ट्याक्टर बानपा १२ सरंगेमा दुर्घटना हुँदा चालक बिक घाईते भएको प्रहरीले जनाएको छ । घाईते बिकलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाईएको इलाका प्रहरी कार्यालय बलेवाका प्रमुख धनबहादुर थापाले बताए । ट्याक्टरको अगाडिको भागले च्यापेर घाईते भएका बिकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घनाको कारणभने खुलेको छैन् । दुर्घटनाको खवरपाए लगत्तै इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलिले चालक बिकलाई अचेत अवस्थामा उद्धार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *