नक्कलि प्रहरी बनी करोडौअसुल गर्ने ब्यक्ति पक्राउ

गण्डकी प्रदेश विशेष समाचार

पाेखरा पाैष १२ 

जिल्ला कास्की तथा अन्य आसपासका जिल्लाका विभिन्न व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीवाट सादा पोशाकमा खटिएको असई तथा राष्ट्रिय अनुसन्धानको स्टाफ हुँ समेत भनि विभिन्न व्यक्तिहरुवाट नगद तथा जिन्सी सामान असुल्दै आएको छ भन्ने सुचना प्राप्त भए पश्चात निजको अनुसन्धान तथा  खोजतलास गर्दै जाने क्रममा निज ब्यक्तिलाई जिल्ला काठमाण्डौ गोंगवु बसपार्क स्थितवाट जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्र.स.नि. सन्तोष सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला लम्जुङ मर्स्याङदी गाँउपालिका वडा नम्वर १ घर भई हाल जि कास्की पोखरा महानगरपालिका बडा नं  १५ काजिपोखरी वस्ने वर्ष २८ को जिवन गुरुङ लाइ पक्राउ गरि  थप अनुसन्धान कार्य गरिरहेको  छ।

प्रारभ्भिक अनुसन्धान प्रश्चात खुल्न आएका कुराहरु

निजले हाल सम्म २९ जना व्यक्तिहरुवाट ८१,८५,४०९ (एकासी लाख पचासी हजार चार सय नौ ) रुपैया उठाएको भन्ने बुझिएको ।

निजले यस्ता कार्यहरु विगत डेढ वर्ष देखि गर्दै आएको भन्ने वुझिएको ।

निजले कहिले जिल्ला प्रहरी कार्यालय कास्कीको CID र कहिले राष्ट्रिय अनुसन्धाको स्टार्फ भनि ठगि गर्ने गरेको ।

सो वाहेक कसैलाई सरकारी जागीर लगाउने प्रलोभन देखाई त कसैलाई गाडीको व्यापार गर्ने भनि ठगि गरेको ।

पोखरा तथा काठमाण्डौवाट भाडामा कारहरु लिई प्रहरीको काममा हिडेको भनि ठगि गरेको ।

निजको वयानको आधारमा उक्त रकम पोखरा तथा काठमाण्डौका डिस्को विलासिताका लागि सकेको भन्ने खुलाएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *