नयाँपत्रिकामा छापिएको समाचार प्रति सञ्चारमन्त्रीको गम्भीर आपत्ति

Featured समाचार

सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री गोकुलप्रसाद वास्कोटाले नयाँ पत्रिका दैनिकमा आज प्रकाशित समाचारको खण्डन गर्दै समाचार हचुवा र अनुमानकारितामा आएको भन्दै खेद प्रकट गर्नुभएको छ ।

नयाँ पत्रिका दैनिकले सागको रकमले मन्त्रीहरुले एक जोर दौरा सुरुवाल जोडेको भन्दै समाचार छापेसँगै संचारमन्त्रीले समाचार गलत भएको भन्दै प्रमाणित गर्न चुनौती दिनुभएको हो ।

उहाँले आफ्नो फेसबुकवाल मार्फत नेपाली पत्रकारिताको विश्ववनियतालाई लिएर पुनः चिन्ता उब्जिएको भन्दै समाचारको तथ्यपरकता पुष्टि गर्न संचारगृहलाई चुनौती दिनुभएको हो ।

यस विषयमा मन्त्री वास्कोटाले आफूले सागको नाउँमा कुनै दौरा सुरुवाल नलिएको दावी गर्नुभयो । ‘समाचारमा भनिएजस्तो महिले सागको नाउँमा दैरा सुरुवाल लिएको छैन, झुटो समचारको खण्डन गर्दछु ।’ मन्त्री वास्कोटाको भनाई छ ।

यसैगरी परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीले समेत नयाँ पत्रिकाको समाचार झुट भएको र आफूले कुनै दैरा सुरुवाल नलिएको भन्दै समाचारको खण्डन गनुृभएको छ । दौरा सुरुवालको विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै समाचारप्रति उहाँले आश्चर्यता व्यक्त गर्नुभएको हो ।

मन्त्री ज्ञावालीले आफ्नो आधिकारिक फेसबुक एकाउन्टबाट समाचार झुट भएको दावी गर्नुभएको हो । उहाँले आफूलाई त्यस्तो सुविधा दिने निर्णय भएको भए त्यस सम्बन्धमा कुनै जानकारी समेत नभएको, कुनै सुविधा नलिएको र लिनु आवश्यक पनि नरहेको स्पष्ट पार्दै यस्ता भ्रामक समाचार प्रकाशित नगर्नुहुन अनुरोध गर्नुभएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *