पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्वमन्त्री र सचिवलाई निलम्बन सिफारिस

विशेष समाचार

वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टाचार ठहर, पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्वमन्त्री र सचिवलाई निलम्बन सिफारिस

काठमाडैं । वाइडबडीबारे छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको छ ।

नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको हो । उपसमितिले यो अनियमिततामा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई दोषी ठहर गरेको छ । दुई पूर्व पर्यटनमन्त्री जीतेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको छ ।

यस्तै वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशारकारलाई तत्काल निलम्बन गरी कारबाही गर्न पनि सिफारिस गरेको छ । यसबारे थप अनुसन्धान गर्न अख्तियार पठाउने पनि उपसमितिको प्रतिवेदनमा उल्लेख छ । वायु सेवा निगमले ल्याएको दुई वटा बाइडवडीबारे अध्ययन गर्न लेखा समितिका राजेन्द्र केसीको नेतृत्वमा उपसमिति बनाएको थियो । उपसमितिको प्रतिवेदन आज समितिको बैठकमा पेश हुँदैछ ।news24nepalबाट सभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *