छोरेपाटन माविको ४० औं वार्षिकोत्सव सम्पन्न

गण्डकी प्रदेश समाचार

 

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माध्यामिक विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रमको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले उद्घाटन गर्दै कुनै पनि वालवालिका विद्यालय बाहिर हुनु नहुने र सामुदायिक विद्यालयहरुको आन्तरिक श्रोतको समुचित वितरण गर्नुपर्ने आजको आवश्यकता रहेको वताउँदै एउटै वडामा रहेका विद्यालयहरुको विचको शैक्षिक गुणस्तर फरक हुनमा आन्तरिक श्रोतको महत्वपुर्ण भूमिका रहने वताए ।

‘उत्तरदायित्व र जवाफदेहिता सहितको पुर्ण तार्किक शिक्षा’ नाराका साथ भएको अभिभावक दिवसमा प्रधानाध्यापक लक्ष्मण थापाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०२१ सालमा तासिलिङको नाममा तिब्बेतियन शरणार्थिका छोराछोरीलाई पढाउन स्थापना भएको विद्यालय २०३० सालमा नेपाल सरकारको जिम्मामा आएको, २०३७ सालमा माध्यमिक र २०५५ सालदेखि कक्षा ११ र १२ को पढाई सुरु भएको र हाल कास्की जिल्लाको उत्कृष्ट र ठुला मध्येको विद्यालयमा पर्ने वताए ।

उनले विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म दुई हजार दुई सय २५ विद्यार्थी अध्ययनरत रहेको, सरकारी अनुदानमा ३० जना, स्थानिय श्रोतबाट ५७ जना शिक्षक तथा कर्मचारी, दैनिक तथा मासिक पारिश्रमिकमा १५ जना शिक्षक तथा कर्मचारी रहेको वताए ।

४ पृष्ठ लामो प्रतिवेदनमा विद्यालयको शैक्षिक गतिविधि, विद्यार्थीहरुले विभिन्न प्रतियोगिताहरुमा प्राप्त गरेका उपलब्धीका साथै विद्यालयमा स्थापना भएका विभिन्न छात्रवृति पुरस्कारहरुको वारेमा उनले वताएका थिए ।

लेखापाल छविलाल पनेरुले लेखा प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७४÷७५ मा भएको आम्दानी तथा आर्थिक वर्ष २०७५÷७६ को अनुमानित वजेट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष टिकाराम पौडेल र शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञाज शर्मालाई सम्मान पत्र, दोसल्लाले सम्मान गरिएको थियो ।

त्यस्तै २५ वर्ष शिक्षण गर्ने कुलकुमारी वराल, अमृता शाही, सिता वराल, थामकुमारी गुरुङ र दिव्यश्वरी रेग्मीलाई दिर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ठ शिक्षकतर्फ डिल्लिराम वराल, प्रेमराज गौतम, मेघनाथ पौडेल, खेमराज वराल, टिका पौडेल, उषा पौडेल, प्रभा सापकोटा तथा कर्मचारी तर्फ खगिश्वरी सुवेदी, वलबहादुर जिसी र अप्सरा रेग्मीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद कृष्ण थापा, गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक बाबुराम ढुङ्गाना, पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेम आचार्य, पोखरा १७ का वडाध्यक्ष तिर्थराज अधिकारी, गुप्तेश्वर महादेव क्याम्पसका अध्यक्ष प्रा.डा. भूपति ढकाल कमल, पार्दी माविका अध्यक्ष तोयनाथ लम्साल, नेकपाका सुवास ढुङ्गाना, नेपाली काँग्रेसका देवराज आचार्य, नयाँ शक्तिका दिपक भण्डारी, सम्मानित व्यक्तित्व टिकाराम पौडेल, अभिभावक माधव पौडेल, विद्यार्थीहरु वलराम न्यौपाने र सूचना रिजाललगाएतले वोलेका थिए ।

उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै विद्यार्थीहरुले मार्चपास, विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रअ डिल्लिराम शर्माले स्वागत, शिक्षकद्धय मेघनाथ पौडेल र दिव्यश्वरी रेग्मीले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *