नेपाल निजामति कर्मचारी संगठन पर्वतद्धारा पर्वत अस्पतालको विपद् कोषमा नगद सहयोग

Featured कर्मचारी गण्डकी प्रदेश विशेष समाचार समाज

१५ साउन, पर्वत । नेपाल निजामति कर्मचारी संगगठन पर्वतले शहिद मनो झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा पर्वत अस्पताललाई सहयोग गरेको छ । संगठनका शहिदहरुको स्मृतिमा आयोजीत एक कार्यक्रमका वीच संगठनले पर्वत अस्पतालले स्थापना गरेको गरिब, असहाय लक्षित विपद् कोषमा नगद २१ हजार १ सय १५  रुपैंया सहयोग गरेको हो । स्मृति सभा कार्यक्रमममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेल र जिल्ला अध्यक्ष तेजप्रसाद सुवेदीले उक्त रकम अस्पताललाई प्रदान गरेका हुन ।

कार्यक्रममा बोल्दै समन्वय समितिका प्रमुख पौडेलले कर्मचारीहरुको उच्च मनोबलले मात्र राज्य सञ्चालनमा सहजता आउने बताए । उनले कर्मचारीहरुमा नैराश्यता आएमा त्यसले शुसासन प्रत्याभूति हुन नसक्ने भदै स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुको मनोबल सधै उच्च हुनुपर्ने धारणा राखे । आफ्नो अधिकार स्थापीत गर्नका लागि कर्मचारीहरु संगठनको स्थापना गर्नु कर्मचारीहरुको अधिकार भएको भन्दै कर्मचारीका जायज मागहरु सम्बोधन गर्नु सरकारको दायित्व भएको पौडेलको भनाई छ ।

कार्यक्रममा निजामति कर्मचारी संगठनका केन्द्रिय कोषाध्यक्ष बखतबहादुर खड्काले निजामति कर्मचारीहरुले राज्य प्रति र समुदाय प्रतिको गहन दायित्व बोध गरीरहेको बताए । उनले संगठनका नियमित गतिविधिहरु देश भर सञ्चालन भइरहेको जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मी, नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, पर्वत अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी, आधाकारिक ट्रेड युनिएन पर्वतका अध्यक्ष उद्धीमराज पौडेल, निजामति कर्मचारी संघ युनिएन पर्वतका अध्यक्ष यामनाथ पौडेल, प्रेस संगठन पर्वतका संयोजक गणेश गिरी लगाएतले मन्तब्य राखेका थिए ।

संगठनका जिल्ला अध्यक्ष तेजप्रसाद सु्वेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष राधादेवी शर्मा र सञ्चालन संगठनका सचिव गौरबदास बैरागीले गरेका थिए ।

संगठनले प्रत्येक बर्षको साउन १५ गतेका दिन कर्मचारी हक अधिकार स्थापीत गर्ने आन्दोलनको क्रममा शहिद भएकाहरुको सम्झनामा स्मृति दिवस मनाउने गर्दछ ।

भिडियो हेर्न ।

https://www.facebook.com/100006828858355/videos/2806821999555401/?t=11

Leave a Reply

Your email address will not be published. Required fields are marked *