खोजी उद्धार सम्बन्धि आधारभुत तालिम

Featured समाचार

फागुण ८,पोखरा

सओएस चिल्डेन भिलेज गण्डकीको आयोजनामा खोजी उद्धार सम्बन्धि आधारभुत तालिम पोखरामा सम्पन्न भएको छ । एसओएस चिल्डेन भिलेज गण्डकी र एसओएस चिल्डेन भिलेज पोखराका ३२ जना विद्यार्थीको सहभागिता रहेको तालिममा शसस्त्र प्रहरी बलका प्रहरी निरिक्षक शम्भुविक्रम शाहले तालिम दिएका थिए । दैवि प्रकोप उद्धार तथा घटनाबाट बच्ने उपायका बारेमा उनले जानकारी दिएका थिए । साथै प्राथमिक उपचारका बारेमा पनि तालिममा जानकारी दिइएको थियो ।

एसओएस चिल्डेन भिलेज गण्डकीका फादर भगत कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एसओएस चिल्डेन भिलेज पोखराका प्रोजेक्ट निर्देशक लोप्छाङ्ग छिरिङ्ग, युवा निर्देशक प्रदिप आचार्य लगायतले तालिमको महत्वबारे प्रकाश पारेका थिए । तालिम पश्चात पोखराको रातोपैह्रास्थित सेतीनदि छेउमा तालिमका सहभागिहरुलाई प्रयोगात्मक ज्ञान दिलाइएको तालिमका सहभागि श्रृजा पौडेलले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *