दुवै हात र एक खुट्टा गुमाएका वलीलाई दक्षिण कोरियाबाट १ लाख ७० हजार सहयोग

Featured प्रवास विशेष समाचार समाज

पोखरा, माघ ९:  विद्युतको तार जोड्ने क्रममा एक्कासी करेण्ट प्रवाह भइ दुवै हात र एक खुट्टा गुमाएका कृष्ण वलीलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले नगद सहयोग गरेका छन । बाग्लुङको जैमिनी ५ बिनामारेका रेशम शर्मा र अर्घाखांचीका पदम खनालको नेतृत्वमा संकलित १ लाख ७० हजार ७ सय ६५ रुपैया नगद एबिसी टेलिभिजन गण्डकी प्रदेश ब्युरो मार्फत एबिसी इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेललाई प्रदान गरिएको छ । कंडेलले केही दिन अगाडी यसरीनै संकलन भएको सहयोग रकम इन्द्रेणी कार्यक्रम मार्फत वलीलाई प्रदान गरेका थिए ।

 

उपचारमा धेरै खर्च लागेपछि विभिन्न सामाजिक सञ्जाल मार्फत वलीलाई सहयोगको खांचो रहेको समाचारहरु प्रकाशन भएपछि बाग्लुङका शर्मा र अर्घाखांचीका खनालले नेतृत्व लिएर दक्षिण कोरियामा काम गर्ने नेपालीहरुबाट थोरै थोरै रकम संकलन गरी पठाएको रकम बुधबार सहयोग अभियानका पोखरा प्रतिनिधी जयराम आचार्यले एबिसी टेलिभिजन गण्डकी प्रदेशका ब्युरो इन्चार्ज एमबी आस्था मगर मार्फत एबिसी टेलिभिजनका इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कडेललाई प्रदान गरिएको हो ।

 

सहयोग हस्तान्तरण कार्यक्रममा पोखरामा सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङ तथा क्लवका पदाधिकारीहरु, पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेल, लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष सुक बहादुर गुरुङलगायतको सहभागीता रहेको थियो ।

रुकुमको सानोभेरी गाउँपालिकामा जन्मिएका वलीले गत जेठको अन्तिम साता दाङको तुलसीपुर महानगरपालिका १४ बखरिया भन्ने गाउमा ग्राहकको विद्युतलाइन जोड्ने क्रममा एक्कासी ११ हजार भोल्टको करेण्ट प्रवाह हुदा करेण्ट लागेर दुवै हात र एक खट्टा गुमाउनु परेको थियो । वलीलाई भारतको लखनउमा १८ दिन सम्म उपचार गरी काडमाण्डौ ल्याइएको थियो हाल सम्म वलीको उपचारको लागी ७० लाख रुपैया खर्च भइसकेको छ भने थप उपचारको लागी ६० लाख लाग्ने वताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *