चीन र अमेरिका सहकार्य विश्वको चाहना ः अमेरिकाका लागि चिनियाँ राजदूत

Featured प्रवास विशेष समाचार

वासिङटन, संयुक्त राज्य अमेरिका, २४ माघ  ः संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुइ चिनकाइले विश्वले चीन र अमेरिकाबीच यस पहिलेभन्दा अझ सशक्त सहकार्यको अपेक्षा गरेको बुधबार बताउनुभएको छ ।

चीन–अमेरिकाबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ४० औँ बर्षको उपलक्ष्य र चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको एक समारोहमा कुईले विश्वमा अथाह परिवर्तन भइरहेको र विश्वव्यापी धारणा चीन र अमेरिकाबीच सहकार्य होस भन्ने रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलेभन्दा अझ बढी विश्वव्यापी परिवर्तनहरू आइरहेका छन् । विश्वले चीन र अमेरिकाबीचको सहकार्य चाहेका छन् ।”

कुईले भन्नुभयो, “हाम्रा जनताले वासिङ्टन र बेइजिङबीचको सहकार्य चाहेका छन् । हाम्रा साझा चासोका विषय बढ्दैछन् । हामीले सहकार्यलाई विगत चार दशकका उपलब्धिका आधारमा बिस्तार तथा मजबुत पार्न जरूरी छ ।”

चालिस–बर्ष पूरानो चीन–अमेरिका कूटनीतिक सम्बन्धले दुई देशलाई विश्वव्यापी आर्थिक सङ्कट र कोरियाली प्रायदीपको राजनीतिक समाधानजस्ता क्षेत्रीय तथा विश्वव्यापी बिषयमा निकट बनाएका उहाँको भनाइ थियो ।

समारोहमा अमेरिकी बाणिज्य मन्त्री विल्बर रोस, एशिया मामिला हेर्ने अमेरिकी सुरक्षा परिषदका विशिष्ठ निर्देशक मट पोटिङ्गर तथा अमेरिकी कङ्ग्रेसका कैयौँ सदस्यतथा करिब ७५० अतिथिको सहभाअगिता रहेको थियो ।

जनगणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाबीच औपचारिक सम्बन्ध १९७९ को जनवरी १ मा स्थापित भएको थियो । विगत चार दशकमा विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको सम्बन्धमा धेरैले अनुमान गर्नेभन्दा आश्चर्यजनक रहने गरेको छ ।

दुई देशको व्यापार सन् १९७० को दशकको अन्त्यतिर बार्षिक करिब २.५ अर्ब अमेरिकी डलर रहेकोमा सन् २०१७ सम्म आइपुग्दा बार्षिक पाँच खर्ब ८० अर्ब अमेरिकी डलर पुगेको छ । त्यसैगरी दुईतर्फी लगानी व्यवहारिक रूपमा शुन्यबाट दुई खर्ब ३० अर्ब अमेरिकी डलर पुगेको छ ।

 

-(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *