दोश्रो संस्करणको सभामुख कप राष्ट्रिय महिला भलिवल पनि पोखरा मै हुने :

खेलकुद

पोखरा २८, पौष ।
आगामी माघ १ गते देखि पोखरामा दोश्रो संस्करणको सभामुख कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको समन्वय, राष्ट्रिय खेलकुद परिषदको तत्वावधान र पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको आयोजनामा माघ १ गतेदेखी उक्त प्रतियोगिता हुने भएको संघका महासचिव डि.बी.नेपालीले जनाए ।


प्रतियोगितामा ७ वटा प्रदेशका ७ टिम सहित तीन विभागिय गरी १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा विजेताले रु.३ लाख ५० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
उपविजेताले रु.१ लाख ७० हजार, तेश्रो हुनेले रु.१ लाख र सान्त्वना हुनेले रु.५० हजार साथमा ड्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपिएफ, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी, प्रदेश नम्बर ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश नम्बर ३, प्रदेश नम्बर १, प्रदेश नम्बर २ को सहभागिता रहने भएको महासचिव नेपालीले जनाए ।


गण्डकी प्रदेशको टिम नेपाली राष्ट्रिय टिम कै उपकप्तान मन्जु गुरुङको नेतृत्वमा टोलीले तयारी गरेको छ । प्रतियोगिता लिगकम नकाउटका आधारमा खेलाईने छ ।
यसअघि पोखरामा आर.बि.बि.–एन.भि.ए. राष्ट्रिय पुरुष क्लव लिग भलिवल प्रतियोगिता सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *