बारपाकमा स्वास्थ शिविर

गण्डकी प्रदेश समाचार स्वास्थ्य

गोरखा, २३ मङ्सिर

बारपाक सुलीकोट गाउँपालिका– १ मा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शिविरमा ४२३ जना बिरामीले स्वास्थ परीक्षण गराएको गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु गुरुङले जानकारी दिनुभयो । शिविरमा ९३ जनाले स्त्रीरोग, ९२ जनाले भिडियो एक्सरे र २३८ जनाले जनरल फिजिसियन सेवा लिएको उहाँले बताउनुभयो ।

गाउँपालिका र रोटरी अफ बज्रमनास्लु गोरखाको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो ।  (रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *