पोखराको मुटु महेन्द्रपुलमा ४१ लाखको टेण्डर आब्ह्वान

Featured समाचार

पोखरा
लामो समयदेखि पोखराको मुटु महेन्द्रपुल नजिक रहेको अब्यवस्थित पालिखेचोक ब्यवस्थापनको लागि पोखरा महानगरपालिकाले कार्य गर्दै आएको छ ।पालिखेचोक ब्याबस्थापन समितिका स‌ंयोजक तथा यसै वडा नंं. ४ का वडाध्यक्ष शंकर बास्तोलाले चोकको ले-आउट (डिजाईन) सहितको टेण्डर खोलिएको जनाएका छन् र यसअघि बर्षाैदेखि पालिखेचोकको बिच भागमा रहेका घरहरु मु-अब्जासहित वडाअध्यक्षको बिशेष पहल तथा पोखरा म.न.पा.को सक्रियतामा करिब २ महिना अघि भत्काईएको थियो तथापि हाल सम्म सडक ब्यवस्थित भने बनाईएको थिएन ।उक्त सडकलाई ब्यवस्थित बनाई पोखरालाई थप सुन्दरता दिनको लागि १ महिना टेण्डरको म्याद राखि ४१ लाखको स्टिमेटमा टेण्डर खोलिएको मेयरका स्वकिय सचिब लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *