“हाम्रो पोखरा” फेसबुक ग्रुपले वृद्धाआश्रममा सहयोग :

Featured गण्डकी प्रदेश मनोरञ्जन समाचार समाज

आज भोलि सामाजिक संजालहरु पनि सामाजिक सेवामा समर्पित भएका छन् । अझ सामाजिक संजालहरु मध्य पनि फेसबुक बहु प्रचलित माध्यम हो । फेसबुकबाट नै विभिन्न ग्रुप खोली अहिले आवश्यक परेको ठाउमा सहयोग गर्ने क्रम बढ्दो छ । यसैबीच हाम्रो पोखरा नामक फेसबुक गु्रपले पनि पोखरा लेखनाथमा रहेको एक वृद्धाआश्रमका आमा बुवाहरुलाई सहयोग गरेको छ । गु्रपले पोखरा लेखनाथ २७ मा रहेको श्री कृष्ण प्रणमी वृद्धाआश्रममा रहेका बुबाआमाहरुलाई  खाना खुवाउने, फलफुल, खाद्यान्न, लŒाा कपडा र भाडाकुडा वितरण गरेको छ । गु्रपले यो भन्दा अगाडी पनि धेरै सहयोग गर्दै आइरहेको छ ।  देउसी भैलो खेलेर उठाएको रकम शनिबार प्रदान गरिएको हो । गु्रपका संस्थापक अन्जना पौडेलले वर्तमान समयमा सामाजिक सेवामा युवाहरु सक्रिय हुनुका साथै सामाजिक सञ्जालको सही सदुप्रयोग गरेर सेवा गर्न पाउदा आफुलाई  साह्रै खुशी लागेको बताएकी छन् ।  त्यस्तै देउसी भैलो कार्यक्रमका संयोजक  केशव आचार्यले आगामी दिनमा पनि आफुहरु सामाजिक सेवामा  निरन्तर लागिपर्ने बताएका छन् । कार्यक्रममा गु्रपका ३५ जना सदस्यशरु सहभागी रहेका थिए ।उक्त गु्रपमा हाल ६५ हजार बढी सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *