नुमनाथ प्याकुरेल
निरंकुशताको अवरणमा राष्ट्रघात गर्ने, आतंकको छोटोबाटो बाट सत्ताकब्जा गर्न, वीसौँ हजार नागरिकको आहुती दिएर सत्ता र शक्तिको लेनदेन गर्ने, सुविधा, अवसर र विशेषाधिकार चाहिँ आफैं र आफ्ना आसेपासेलाई मात्रै चहिने, आफ्नो अपराधको फेहरिस्त विषयान्तर गर्न पहाडी समुदाय बिरुद्ध मधेसी समुदाय उचाल्ने, आफ्नो अकर्मण्यता छोप्न जाती बिरुद्ध जनजाति उचाल्ने, आफ्नो असक्षमता ओझेल पार्न वाहुन बिरुद्ध दलितको नश्लिय कित्ताकाट गर्ने, राष्ट्र निर्माता, पुनर्जागरणका नायक, राज्य पुनर्सम्रचना र राष्ट्रिय एकताका प्रतीक बिरुद्ध झुट, अराजनीतिक लल्छना लगाएर घृणागर्न सिकाउने तर आफ्ना अपराध, अख्तियारको दुरुपयोग, व्यभिचार, बिदेशी बिधर्मि प्रतिमानको मतियार बनेका कम्युनिस्ट र पुजिवादको सम्योजनबाट बेग्लाबेग्लै तर आक्रषक साइनबोर्ड राख्ने कपुतन्त्रेहरुको स्वघोषोत क्रान्तिको सिंहावलोकन गरौं ।
जसले कपुतन्त्रिय झुण्डहरुका दर्जनौं कर्तुतहरुको अनुसंधान गर्यो, सत्यतथ्य पत्ता लगायो र भण्डाफोर गर्न सक्यो, त्यो प्रतिगमनकारी, पुनर्उत्थानवादी, विकास विरोधी, यथास्थितिवादी के के उपमान दिएको हो ? ‘निर्लज्जम् सदा सुखी’ भने जस्तो, कमिलाको पखेटा पलाए जस्तै नर्लज्जाता, अनुसाशन, मर्यदाको सामान्य शिष्टचार समेत पुरा नगर्ने कपुतन्त्रवादीहरु आफुआफौं शक्तिसंघर्ष, खुट्टा तानातान, आरोपप्रत्यारोप गरेर सबैका बिरुद्ध सबैको अमर्यादित पत्र युद्धले त कपुतन्त्र कति निक्ममा, अकर्मण्य, असक्षम र किर्तियमुढ छ भन्ने तथ्य मध्यान्यको घाम जतिक्कै छर्लंग र प्रष्ट भैसक्यो ।
‘निर्लज्जम् सदा सुखी’ भने जस्तो, कमिलाको पखेटा पलाए जस्तै नर्लज्जाता, अनुसाशन, मर्यदाको सामान्य शिष्टचार समेत पुरा नगर्ने कपुतन्त्रवादीहरु आफुआफौं शक्तिसंघर्ष, खुट्टा तानातान, आरोपप्रत्यारोप गरेर सबैका बिरुद्ध सबैको अमर्यादित पत्र युद्धले त कपुतन्त्र कति निक्ममा, अकर्मण्य, असक्षम र किर्तियमुढ छ भन्ने तथ्य मध्यान्यको घाम जतिक्कै छर्लंग र प्रष्ट भैसक्यो ।
लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ ४ बल्ड्याङ भने जस्तै तिनको बल्ड्यांङ गन्दै, तनैलाई उठाएर, तिनैको मार्गनिर्देशक मान्दै, तिनैलाई आदर्श मानेर समाज, संस्कृति र सभ्यताको आधारसिला ध्वस्त पार्न अग्रसर हुने की, कपु तन्त्रको समुल नष्ट गरेर, नेपाल केन्द्रिय उदार चरित्रको वैश्विक सहृदयता दर्शन, राज्यराष्ट्र तथा स्थिति-गत्यात्मक प्रगतिवादको कल्प बृक्षको अंकुरित भएको विजको सम्रक्षण र सम्वर्धन गर्न स्वकृयात्मक अग्रसर बन्ने, नर्णायक विन्दुमा हामि पुगेको यतार्थ हो ।
भुईँफुट्टा कपुतन्त्रेहरुले जैवीक, स्वभाविक उच-निच देख्नै नहुने । आफ्नो स्वार्थि गुट बाहेक अन्य समुहका अलि मोटाघाटा-सुकिलामुकिला सबै सामन्त, बुर्जुवा, शोषक देख्ने । आफ्नो गुटका व्यभिचारी, भ्रष्ट, हत्यारा, देशद्रोही, आत्मघाती सबै सदाचारि, राष्ट्रवादी ठान्ने । राजनीतिक प्रशिक्षणमा कपुतन्त्रिय गुटका अकर्मण्य भुईँफुट्टा नत्रित्वहरु घृणा, निषेध, प्रतिशोध, प्रतिद्वन्दिता, हिंसा, नश्लिय कित्ताकाट गरि विध्वंसको मार्गनिर्देशन गर्ने । आफ्नै सभ्यता, विराषता, ज्ञानपरम्पराको आधारशिला ध्वँस गरि, विदेशि विधर्मीका मतियारहरु कस्तो राजनीतिक दर्शन, विचार, पद्ति आत्मसात गर्छौ ? के पढ्छौ ? के बुझ्दैछौ ? के व्यवहारमा उतार्दैछौ ? तिमि बाट आसा र आत्मविश्वासको अब कुनै अपेक्षा छैन । तिम्रो वलबुता, तागत, क्ष्यमता, साहसले प्राप्त गर्ने चिजको उत्कर्ष आज नेपाली नागरिकहरुले भोगिरहेका छौं । कपुतन्त्रको आरणमा लादिएका विधर्मि दर्शन, सिद्धान्त, दृष्टिकोण, मत, प्रतिमान तथा आदर्शले बिथोलेको नेपाली समाज र संस्कृतिको मुलधार तय गर्न तथा विषाक्त प्रतिमानको डंगुर सफागर्न अबको कम्तिमा पनि तीन पुस्ताले कठिन संघर्ष गर्नुपर्ने छ ।
राजनीतिक प्रशिक्षणमा कपुतन्त्रिय गुटका अकर्मण्य भुईँफुट्टा नत्रित्वहरु घृणा, निषेध, प्रतिशोध, प्रतिद्वन्दिता, हिंसा, नश्लिय कित्ताकाट गरि विध्वंसको मार्गनिर्देशन गर्ने । आफ्नै सभ्यता, विराषता, ज्ञानपरम्पराको आधारशिला ध्वँस गरि, विदेशि विधर्मीका मतियारहरु कस्तो राजनीतिक दर्शन, विचार, पद्ति आत्मसात गर्छौ ? के पढ्छौ ? के बुझ्दैछौ ? के व्यवहारमा उतार्दैछौ ?
सबै किसिमका आग्रह, पुर्वाग्रह बाट टाढै रहेर हामी सबैको साझा वैदिक सनातन धर्म जसलाई हिन्दु पनि भनिन्छ र साथै बौद्ध, किराँत, बोन्पो, सिख, जैन लगायत अन्यत्र नामाङ्कन समेत हुन बाँकी धर्म, संस्कृति तथा परम्परा, रिति, रिवाजको साझे समन्वित प्रार्थमिक विशेषताको पुनर्जागरण गर्न अग्रसर बनौं । सामाजिक-साँस्कृतिक विचलनलाई व्यस्थापन गर्नु हाम्रो कर्तव्य हो । गलत सामाजिकिकरण, त्रुटिपुर्ण शिक्षा तथा नियोजित सिकाइकै कारण हामिले विधर्मि प्रतिमानहरुलाई सिरमा राखेर हिडिरहेका छौं ।
कोहि जान अन्जानमा विस्तारै, क्रमैसंग र कोहि नियतवस र रणनीतिक रुपमा कपुतन्त्रिय भुईफुट्टा नेतृत्व विदेशि, विधर्मि षडयन्त्रको घनचक्करमा परिसेकेका छन् । शुक्ष्म नश्लिय ध्रुविकरणको नशाको यस्तो दुर्व्यसनिको कुलतमा परिसेका छन् कि; सहृदयताको हजारौं हजार बर्षको व्यवहारिक अनुभव लिए पनि, क्ष्यणिक लोभ, मोह, स्वार्थ, प्रलोभनको नसामा समन्वयात्मकताको फराकिलो राजमार्ग त्यागेर हिन्दु- अहिन्दु, आर्य-अनार्य, बाहुन-दलित, मंगोल-गैरमंगोल, मधेशी-पहाडि, देशि-थारु, जाति-जनजाती, नेवार-तामाङ, पुर्विया-पश्चिमा, विहारी-दर्भङ्गिया, भनेर नश्लिय कित्ता काटेर घृणा, निषेध, प्रतिद्वन्दिता, संस्थागत गर्दै सर्वनासको घनचक्करमा फस्दैछन् ।
विधर्मि प्रतिमानका लठैत परिजिविहरु सुझ्न न बुझ्नु टुंडिखेल कुद्नु भनेजस्तो, आफ्नै धर्म, आफ्नै सँस्कृती, आफ्नै सभ्यता, आफ्नै पहिचान र आफ्नै अस्तित्व विरुद्ध तुष्टिकरण गरेर घनघोर अन्धकारको मार्गमा हिँडेको देख्दा, विधर्मि सिद्धान्त, अवधारण तथा प्रतिमानको क्षणभंगुर न्यानो मुतको आत्मरतिमा आफ्नै समाजको मौलिक सामाजिक तथा सांस्कृतिको संरचना ध्वस्त पार्न कम्मर कसेर लागेको यथार्त जग जायर भएको छ ।
क्षणिक लोभ, लालच तथा स्वार्थमा नलागौं, समन्ययात्मक, सह्रदयात्मक, बैज्ञानिकता युक्त धर्म र धार्मिकता युक्त बिज्ञानको दृष्टिकोण स्थापनार्थ जरोकिलो माहाअभियान तथा मौलिक जरोकिलो पार्टीमा ऐक्यवद्ध बनौँ ।
आज सम्मको सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक तथा मनोवैज्ञानक यात्रा बिना गन्तब्य, बिना विधि, बिना पद्धती, बिना तयारी, देखासिखी, लहड, निशेध, सिन्डिकेट, भागवण्डा तथा छुनथेक गर्दै अगिबढीएको निश्चित हो । उत्पति पनि यहाँ नभका, निर्णायकत्व पनि यहाँ राख्न नसकेका, विदेशि विधर्मि प्रतिमानका मतियारहरुको कथनी र करणीमा सामन्जस्यता न कहिलै पाइयो न कहिलै संदेह गरेर खोजियो । खुट्टाले भुईँ छोडेको र हात समाउने ठाउँमा नपुगेको, भुईँफट्टा नेतृत्वले जहिले पनि जे जे कुर्लिएर कोकोहोलो गर्यो त्यो कहिलै गरेन । जे गर्दै गर्नुपर्ने थिएन पटकपटक झुटा आश्वसान र प्रलोभन देखाउँदै वाचा कसम खाएको देख्ने, भोग्ने भुक्तभोगीहरु नै किकर्तिम्युढ भएर, तिनैको फेरो समाए पछि नै, तिनको अभिमान बढेको, निर्लज्जताले सिमा काटेको र झुटको खेति सप्रेको हो । आज त्यसैको परिणाम सबै जोगी कान चिरेका भन्ने सामाजिक मनोबिज्ञान बढेको छ । साँच्चै केहि गर्नुपर्छ भनेर स्वकृयात्मक अग्रसर भएका दृढसंकल्पित महान हस्तिहरु पनि सन्देह, अविश्वास तथा निरुत्सहको बोझले थिचिएका छन् ।
कपुतन्त्रेहरुले आफु सिद्वान्त बिहिन छौनौं भन्नका लागि बेग्लै समय, सन्दर्भ र प्रसंगमा तयार गरिएका रेडिमेड बैभिन्य, प्रतिस्पर्धि, प्रतिद्वन्दी तथा प्रतिस्पर्धात्मक कम्युनिष्ट-पुजिवादी सिद्धान्तहरुको संयोजन बाट बनेको गतार्थ कपुतन्त्रको आवरणमा नेपालको मौलिकता, रैथानेपन, परम्परागत ज्ञान प्रणालि, विधी, पद्धति तथा प्रविधीलाई रछानमा मिल्काएर, विचलित र वेवारिशे तल्याईएको नेपाली समाज तथा संस्कृतिको मुलधारलाई संस्थागत गर्न अपरिहार्य बन्दै गएको छ ।
कहिले बेइजिङमा पानी पर्दा काठ्माण्डौमा छाता ओड्ने र कहिले नयाँदिल्लिमा पानी पर्दा काठ्माण्डौमा छाता ओढ्नेहरु कहिले दक्षिणको ईसारमा, कहिले उत्तरको प्रभावमा र कहिले पश्चिमको दवाबमा तालतालका नौटङ्कि देखाईरहेका छन् र हामि सात दशक देखिका भुक्त भोगि सच्चिने र निकम्माहरुलाई दिएको साथ र सहयोग फिर्ता गर्न हिम्मत गर्न सकिरहेका छैनौं । सबैकुराको समय आउँछ भने जस्तै, विधर्मको समुल नष्ट गरि समाजको मुलधार संस्थागत गरि समाज र संस्कृतिको स्थिति-गत्यात्मक प्रगति गर्न, साहस गरेर स्वकृयात्मक अग्रसर बन्न सहृदयताको झण्डा उठाई सकिएको र जरोकिलो महाअभियानको दिर्धकालिन यात्राका लागि सार्वजनिक आव्हान समेत गरिसकिएको छ ।
प्रभुहरुले अह्राएको, ठह्राएको काम मात्रै गर्नेहरुले, जब समस्या आफ्नो आगनमा प्रवेश गर्छ, तिनिहरु हडबडाउंछन्, मर्यदा, आचार संहित तथा अनुसाशनको ख्यालै नगरि निर्लज्ताको पराकाष्ट पत्रयुद्ध गरेर एकअर्कालाई खुईल्याएर नाङ्गिन र पतन हुन समेत किंचित अफ्ठ्यारो नमान्ने रहेछन् भन्ने तथ्य हुर्कदै गरेका सानासाना बालबच्चाले समेत बुझिसकेका छन् ।
कुसंस्कार, कुरिति र विसंगतिको डंगुर कार्पेट मुनि छोपेर, कपुतन्त्रिय भागवण्डा तथा सिण्डिकेटलाई उच्चतम लोकतान्त्रिक उपलब्धी भनेर समृद्ध नेपाल सुखि नेपालीको आत्मरतिमा बस्नेकि, नेपालमै जरो र नेपालमै किलो भएका मौलिक दर्शन, सिद्धान्त, वाद, मत, प्रतिमान, प्रणाली आदिको अनुसन्धान, अवलम्बन, विकास एवं प्रवर्धन गरी नेपाललाई वास्तवमै सार्वभौम सत्ता सम्पन्न, स्वतन्त्र, स्वाधीन साथसाथै संसारकै अग्रणी राष्ट्र बनाउनका लागि स्वकृयात्मक अग्रसर बन्ने ?
विधर्मि प्रतिमानको ब्यापार गर्न पल्केका असक्षम, अकर्मण्य तथा अयोग्य कपुतन्त्रेहरु एउटाको बिकल्प अर्को हैन कि, सोचाई, दृष्टिकोण, सामाजिक मोबिज्ञान नै फनक्क फर्केर समन्वयात्मक तथा सहृदयात्मक नेपाली समाज र संस्कृतिको मुलधार संस्थागत गर्ने युगिन अवसरमा अग्रसर बनि, विदेशि, विधर्मि प्रतिमानका मतियारहरुको पहिचान गर्न अब अबेर नगरौँ ।
सर्वत्र लम्पसार, परनिर्भर, परजिवि विदेशि विधर्मि प्रतिमानको मतियार भएर, शक्तिकेन्द्रहरुको ईसारामा नेपालको प्राचिनता बाट स्थिति-गत्यात्मक प्रगति गर्दै अघि बढेको सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक मुलधारको ध्वँस गर्न मेन्यु हेर्यहेर्यो लाष्टमा मम रोजे जस्तै, बर्षौं तिनै अकर्मण्य, अक्षम, नालायक नेतृवलाई सक्दो स्राप गरेर लोकतान्त्रिक निर्वाचनाहरुमा तिनिहरुलाईनै निर्वाचित गरि त्यहि हविगत निम्ताउनेकि ? नेतृत्त्व सम्हाल्न, यो देशका लागि सुयोग्य नेतृत्व विकास गराई देशको सर्वाङ्गीण उन्नति प्रगतिका लागि सर्वश्रेष्ठ नेतृत्व सुनिश्चित गर्न र अयोग्य एवं अक्षम ठहरिइसकेका कपूतन्त्रका घटकहरुको विस्थापन गर्न, नेपालमा विकास, न्याय, स्वाधीनता, समृद्धि, सुख, शान्ति, सहृदयता प्रत्याभूति गर्नको निमित्त विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक एवं सहृदयताको सम्बन्ध (आधारशिला चतुष्टय) लाई अवलम्बन गर्न, आर्थिक समृद्धि एवं स्वाधीनताको लागि उद्यमशीलतालाई व्यावहारिक रुपमा लागू गर्न एवं अनुसन्धानलाई प्राथमिक रुपमा अवलम्बन गरी उद्यमशीलता मार्फत् व्यक्ति, समाज र देशको विकास गर्न, नेपाललाई राज्यराष्ट्रका रुपमा सुसञ्चालन गर्ने राजनीतिक नेतृत्व विकास गर्न एवं सो नेतृत्वलाई जन अनुमोदनद्वारा राज्यसत्ताको निर्णायक हैसियतमा स्थापित गराउन, सहृदयता दर्शनलाई राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक सहितका क्षेत्रहरुमा सैद्धान्तिक साथसाथै व्यावहारिक प्रायोगिक रुपमा लागू गर्न, जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिको उत्तराधिकारीको रुपमा मौलिक जरोकिलो पार्टी स्थापना गरिएको छ ।
विधर्मि प्रतिमानको ब्यापार गर्न पल्केका असक्षम, अकर्मण्य तथा अयोग्य कपुतन्त्रेहरु एउटाको बिकल्प अर्को हैन कि, सोचाई, दृष्टिकोण, सामाजिक मोबिज्ञान नै फनक्क फर्केर समन्वयात्मक तथा सहृदयात्मक नेपाली समाज र संस्कृतिको मुलधार संस्थागत गर्ने युगिन अवसरमा अग्रसर बनि, विदेशि, विधर्मि प्रतिमानका मतियारहरुको पहिचान गर्न अब अबेर नगरौँ । क्षणिक लोभ, लालच तथा स्वार्थमा नलागौं, समन्ययात्मक, सह्रदयात्मक, बैज्ञानिकता युक्त धर्म र धार्मिकता युक्त बिज्ञानको दृष्टिकोण स्थापनार्थ जरोकिलो माहाअभियान तथा मौलिक जरोकिलो पार्टीमा ऐक्यवद्ध बनौँ ।