स्वदेशी उद्योगको संरक्षण गर्छौँ

Featured बागमती प्रदेश समाचार

काठमाडौँ, २० पुस (रासस) : प्रदेश नम्बर ३ का आर्थिक मामलामन्त्री कैलाश ढुङ्गेलले मुलुकमा व्यापार घाटा न्यूनीकरण गर्न आफ्नो प्रदेशले स्वदेशी उद्योगको संरक्षण गर्ने बताउनुभएको छ ।

भृकुटीमण्डपमा ‘शिखर सेल मेला’ को आज शुभारम्भ गर्दै उहाँले स्वदेशी जुत्ता उद्योग संरक्षणका लागि प्रदेशअन्तर्गतका कार्यालयमा उपयोग बढाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वदेशी जुत्ता उत्पादनको गुणस्तरलाई राम्रो र भरपर्दो बनाउन व्यवसायीलाई सुझाव दिँदै मन्त्री ढुङ्गेलले यस क्षेत्रले देशको कूल मागअनुसार आपूर्ति पु¥याउन सकेमा आयात प्रतिस्थापन हुने विश्वास व्यक्त गर्नुभयो ।

मेलाका संयोजक एवं जुत्ता घरका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न मेला आयोजना गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *