संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले यसका सदस्यहरुलाई आउन नमिल्ने बनाएको छैन, किन यति धेरै आत्तिएका ?

Featured आज को बिचार गण्डकी प्रदेश राजनीति विशेष समाचार

१ पौष, २०७७ पर्वत । हिजो मात्र नेपाल सरकारले ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेशले देशव्यापी रुपमा तरङ्ग फैलाएको छ ।यसैक्रममा नेकपाका नेता कार्यक्रता नै यस सम्बन्धमा पक्ष/विपक्षमा प्रतिक्रिया दिने क्रम पनि शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी, पर्वतका सचिवालय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटि सदस्य विमल लामिछानेले सामाजिक संजाल मार्फत आफ्नो धारणा राख्दै भनेका छन संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले यसका सदस्यहरुलाई आउन नमिल्ने बनाएको छ र??? किन यति धेरै आत्तिएका ?

उनले भनेका छन अध्यादेश संविधानकै व्यवस्था हो, संविधानको कार्यान्वयन गर्नका लागि अध्यादेश चाहिएको हो। संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले यसका सदस्यहरुलाई आउन नमिल्ने बनाएको छ र??? किन यति धेरै आत्तिएका ? अनिर्णयको बन्दी बनाउन सभामुख र प्रतिपक्ष दलको नेता आउन नमिल्ने गरि अध्यादेश आएको पनि छैन तर नआउदा पनि बैठक अगाडी बढाउन सकिने बिधी मात्रै तय भएको हो,

प्रधानमन्त्रीज्यूले एकलौटी निर्णय गर्नुहोला भन्ने डर छ भने प्रत्येक बैठकमा सहभागी हुनु पर्यो,आफ्नो कुरा राख्न सक्नु पर्यो।। बिधिको चर्को कुरा गरेर नथाक्नेहरुले आफ्नो कारिन्दा(सभामुख)लाई बैठकमा सहभागी गराएर आफ्नो कुरा राख्न लगाउने हिम्मत गर्नुहोस् ।।

https://www.facebook.com/bimal.lamichhane.96/posts/4871298276245531

Leave a Reply

Your email address will not be published. Required fields are marked *