विश्व सञ्चार परिषद् नेपाल च्याप्टरको अध्यक्षमा लक्ष्मणदत्त पन्त

Featured विशेष समाचार

  काठमाण्डौं ,भदाैं २१

काठमाण्डौंमा आयोजित एक समारोहका बीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परिषदको नेपाल च्याप्टरको लोगो तथा ब्यानर अनावरण गर्दै शुभारम्भ भएको घोषण गर्नुभएको हो ।सो अवसरमा मन्त्री ज्ञवालीले प्रेस स्वतन्त्रता कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउन भयो । उहाँले मुलुकको विकासका लागि मिडियाले जिम्मेवारी बहन गर्न आवश्यक रहेको बताउनुभयो ।

पत्रकारिता एवं आमसञ्चार क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको सहभागितामा गठित परिषद्को नेपाल च्याप्टरको १९ सदस्यीय कार्य समितिको अध्यक्षमा लक्ष्मणदत्त पन्त रहनुभएको छ । यसैगरि उपाध्यक्षमा कपिल काफ्ले, सचिवमा उमेश पोखरेल, सह सचिवमा सुरेश कुमार यादव र कोषध्याक्षमा आरती शिल्पकार रहनुभएको छ । त्यस्तै सदस्यहरुमा यम बहादुर दुरा, डां अभयराज घिमिरे, अमरध्वज लामा, अनिता विन्दु, तुला अधिकारी, जें बि विश्वकर्मा, सुमन गिरी, कृति भुजु, जगदिश्वर पाण्डे, राधा खनाल, श्रीकृष्ण धिमाल, दीर्घराज उपाध्याय र चन्द्रशेखर कार्की रहनुभएको छ ।

विश्व सञ्चार परिषद नेपाल च्याप्टरका कार्यसमितिलाई पब्लिक रिलेशन काउन्सिल अफ ईन्डिया, कलकत्ता च्याप्टरका अध्यक्ष विश्वजित दासले समितिका सदस्यलाई सपथ ग्रहण गराउनुभयो । सो क्रममा समितिका सदस्यहरुले सुदृढ र सक्षम समुदायको लागि सञ्चार तथा पत्रकारिता जगतबाट प्राज्ञिक योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । सोहि अवसरमा दक्षिण एशियामा सम्पादकीय स्वतन्त्रताको अवस्था र संचारमा समावेशिताका मुद्दाका विषयमा छलफल भएको थियो । सम्पादकीय स्वतन्त्रताका विषयमा प्राध्यापक पीं खरेल, नेपाल समचारपत्रका सम्पादक कपिल काफ्ले, द राईजिङ्ग नेपालका सम्पादक जगदिश पोखरेल, द हिमालयन टाईम्सका सम्पादक प्रकाश रिमाल, गोरखापत्र दैनिकका हरिकला अधिकारी, बाहखरी डटकमका सम्पादक प्रतीक प्रधान, आलाईनखबरका सम्पादक अरुण बराल, थाहखबर डटकमका सम्पादक, तीर्थ कोईराला, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धमेन्द्र झा लगायतले आ आफ्नो विचार राख्नुभएको थियो । उहाँहरुले दक्षिण एशियाको संचारमाध्यमको सम्पादकीय स्वतन्त्रता राज्यको राजनीतिक, आर्थिक, सामाजिक वातावरणले प्रत्यक्ष र परोक्ष असर राख्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सञ्चारमा समावेशीताका मुद्दामा प्राध्यापक रामकृष्ण रेग्मीले, डा सुरेश आचार्य, उज्यालो नेटवर्कका निर्देशक मन्टेश्वरी राजभण्डारी लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा विश्व सञ्चार परिषदको भारत र बंगंलादेशका सञ्चार विज्ञको उपस्थिती रहेको थियो ।

साभार :अग्नी खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *