पत्रकारमाथी भएको दुव्र्यबहारप्रति अनलाइन पत्रकार संघ गण्डकीको ध्यानाकर्षण

Featured समाचार

पोखरा । पत्रकार रञ्जन अधिकारीलाई समाचारको विषयमा धाकधम्की आएकोप्रति अनलाइन पत्रकार संघ गण्डकीले आपत्ति जनाएको छ । पत्रकार अधिकारीले गण्डकन्यूज डटकमका लागि गत साउन ६ गते बुधबार ‘काहुँको कालिका माविमा व्यापारः सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने (भिडियो)’ शीर्षकमा समाचार लेखेका थिए ।

सो विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धरका श्रीमान् बताउने श्रीकृष्ण श्रेष्ठले लगातार फोन, म्यासेज, एसएमएस मार्फत धाकधम्की दिएको पत्रकार अधिकारीले बताएका छन् । अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष कमल सुवेदीले शनिबार विज्ञप्ति जारी गर्दै संघको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ –‘कास्कीका सक्रिय पत्रकार रञ्जन अधिकारी (गण्डक न्युज)ले र पोखरा न्युजले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जर र एस.एम.एस. मार्फत् धम्की दिने कार्यप्रति अनलाइन पत्रकार संघ गण्डकीको ध्यानाकर्षण भएको छ । प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै सत्ता शक्तिको धाक धम्कीमा उत्रिनु असह्य हर्कत हो । यस्ता गतिविधिहरु हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै हमला भएकाले निन्दनीय र भत्सर्ना योग्य छन् ।

साथै, समाचारको तथ्यसत्यलाई तोडमोड गरि भ्रम सिर्जना गर्न गैह्रपत्रकारको प्रयोग गरिएको, अनाधिकृत अनलाइन न्युज प्रोटलको प्रयोग गरि प्रेस कार्ड भिरेर भ्रम फैलाएपछि भिडियो सामग्री डिलिट गरिएको र तत्पश्चात् पनि धाकधम्की दिने गरी भए गरेका गतिविधिप्रति पनि अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । अतः यस कार्यमा संलग्न समाचारसँग असम्बन्धित व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका सफल सुवेदी नामका व्यक्तिलाई कानुनानुसार कडा भन्दा कडा कारबाही होेस् भनी जोडदार माग गर्दछौँ ।’

पत्रकारमाथी भएको दुव्र्यबहारप्रति नेपाल पत्रकार महासंघ कास्की शाखा र प्रेस चौतारी कास्कीले एक विज्ञप्ती जारी गरि दोषिलाई कडा कारवाहीको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *