विविधता व्यवस्थापन गर्न हाम्रो हजारौं बर्षको अनुभव पर्याप्त छ

विशेष

नुमनाथ प्याकुरेल

ज्ञानको दायरा दुई फक्ल्यांटे नभएर बहुआयामिक छ, भनेर जानेबुझेका विद्वानहरु नै, ज्ञानको दायरा संकुचित पारेर आध्यात्म र बिज्ञानलाई एकअर्काका बैभिन्य, प्रतिद्वन्द्वात्मक तथा प्रतिस्पर्धी हुन् भनेर सर्वजनिक अभिव्यक्ति गरेको देख्दा उदेक लागेर आउँछ । आध्यात्म र बिज्ञानको क्षेत्र, बिधी तथा पद्धतिनै फरक भएका कारण तिनको साधना बाट प्राप्त हुने चिज पनि फरकफरक हुनु स्वभाविक हो ।

सयैं तर्क देखाएर बिज्ञान श्रेष्ठ र आध्यात्मक कनिष्ट भने पनि अथवा आध्यात्मक श्रेष्ठ र बिज्ञान कनिष्ट देखाए पनि त्यो असम्यता दोष (Asymmetry defect) हो। हात्ति र मुसाको शरिरको वजन तौलेर, हात्ति ठुलो रहेछ भने जस्तै, आध्यात्म र बिज्ञान एकअर्कामा तुलना नै गर्न नमिल्ने चिज हुन् । आध्यात्म र बिज्ञानका बिषयमा हामिले विचार पुर्याउने कुरा चाहिँ के हो भने, कसरी बिज्ञानलाई आध्यात्मले मार्गनिर्देशन गर्न सकिन्छ र आध्यातमलाई कसरी बिज्ञान सम्मत तुल्याउन सकिन्छ भन्ने हो ।

यदि संसार स्थिती-गत्यात्मक हो र बिज्ञानको आवरणमा जसरी अरुका समाजको मूल्य व्यवस्था लादेर हामिलाई नपुंसक बनाएर हाम्रो सभ्यताको आधारमाथी हमला गरिन्छ भने तब हाम्रो कर्तब्य बन्छ आफ्नो जरोकिलो खोज्ने ।

हाम्रो कुन प्रयास र प्रयत्नले बैज्ञानिकता युक्त धर्म र धार्मिकता युक्त बिज्ञानको दृष्टिकोण बिकास गर्न सकिन्छ, हामिले यस बिषयमा उर्जा र वौदिकता खर्च गर्यौं भने, व्यक्ति, समुदाय, समाज, राष्ट्र तथा विश्व जगतले तुलनात्मक लाभ हासिल गर्ने छ ।

विदेशी, विधर्मी तथा गतार्थ कम्युनिष्ट-पुजिवाद सिद्धान्त (मार्क्सवाद, लेनिनवाद, माओवाद, प्रजातान्त्रिक समाजवाद, जनताको वहुदलिय जनवाद, नौलो जनवाद, उदारवाद) को अन्दाधुन्द प्रयोग, ईसाई मिसनरी, तथाकथित नास्तिकहरु, गैर सरकारी तथा अन्तराष्ट्रिय गैर सरकारी संघसंस्थाहरुको बढ्दो प्रभाव तथा सामाजिक कृयाशिलता संगै समाजमा बिज्ञान लाई बृहत्तर र धर्मलाई संकिर्ण मान्नेहरुको जमात क्रमश बढ्दैछ ।

आध्यात्मकका पनि स्वभाविक सिमाहरु छन् तर बिज्ञानको सिमा गुणात्मक रुपमै प्रतिउत्पादक तथा विध्वंसात्मक हुने तथ्यमा धेरैको ध्यान पुगेको छैन ।

ज्ञानको बहुआयामिक मौलिक दायरा त्यागेर विदेशि विधर्मी दुई फक्ल्याँटे ज्ञान पद्धति अनुसरण गरेका मतियारहरुको प्रत्यक्ष्य आक्रमण वैदिक सनातन सभ्यताको आधारशिला, आध्यात्म, सामाजिक-सांस्कृतिक सम्रचना, आर्थिक धरातल, शिक्षा तथा स्वास्थ्य नीतिहरुमा छ । मकै खाने भालु चोट पाउने कालु भनेजस्तै धर्मको आवरणमा गलत कार्य गर्नेहरु पनि छन् । धर्मको साधना सफल तुल्याएर जीवनमै मोक्ष प्राप्त गरि र सारा विश्वलाई मार्गनिर्देशन गर्नसक्ने ज्ञानीहरू पनि छन् ।

आध्यात्मकका पनि स्वभाविक सिमाहरु छन् तर बिज्ञानको सिमा गुणात्मक रुपमै प्रतिउत्पादक तथा विध्वंसात्मक हुने तथ्यमा धेरैको ध्यान पुगेको छैन । जीवन र जगतलाई सेकेन्डमै ध्वंस गर्न सक्ने बम र बारुदको आधारमा हासिल गरेको प्रगति क्षणभंगुर हो । बिकासलाई मानव र पर्यावरण मैत्री बनाउन सकिएन भने, प्रगति नै ध्वंसको साधन बन्ने भएका कारण, धर्म र बिज्ञान एकअर्काका परिपुरक तथा सधर्मी अवधारणाहरु हुन् र धार्मिकतायुक्त बिज्ञान र बैज्ञानिकता युक्त धर्मको दृष्टिकोण अपरिहार्य हो ।

आध्यात्मकका पनि स्वभाविक सिमाहरु छन् तर बिज्ञानको सिमा गुणात्मक रुपमै प्रतिउत्पादक तथा विध्वंसात्मक हुने तथ्यमा धेरैको ध्यान पुगेको छैन ।

पङ्तिकारको खास चासो चाहिँ समाज शास्त्रिय बिज्ञानलाई प्राकृतिक बिज्ञान ठानेर सार्वभौम नियम लाध्ने तथाकथित बिज्ञान संगत प्रयासप्रती असहमति छ । धार्मिक, सांस्कृतिक, जातिय, जनजातिय, भाषिक विविधताका बापजुत नेपाली, भारती तथा पुर्व एसियाका मानिसहरु हिन्दु तथा बौद्ध धर्म, संस्कृति तथा मुल्य परम्परा बाट निर्देशित भएका कारण सामाजिक मनोविज्ञान तथा विश्वदृष्टिकोण एक किसिमको छ । यस क्षेत्रका एकअर्का संग संगत गर्दा र अज्ञात स्थानमा भेट्दा सहोदर अंशियार तथा वंशियार भेटे जस्तो ढुक्कसंग संगत गर्न सक्छौं । आत्मियता पनि त्यति नै छिटो संस्थागत हुन्छ ।

अलि पर साउदिअरेबिया, इराक, इरान, अफगानिस्तान तथा पाकिस्तान सम्मका मानिसहरू जसको प्राचिनतम सभ्यता हाम्रै जस्तो भएपनि सयौं/हजारौं बर्ष देखी जिहादी मजहव संस्कृतिको अभ्यासमा रहेका कारण गैर मुसलमान संग ससंकित हुनु र गैर मुसलमानहरुले आत्मियताको अनुभुती गर्न नसक्ने थुप्रै कारणहरु हुनसक्छन् । सम्पुर्ण युरोप, उत्तर अमेरिका तथा अष्ट्रेलियाका मानिसहरूको बासिन्दाहरु क्रुषेडी मुल्य-मान्यता, संस्कार तथा सभ्यता बाट निर्देशित भएका कारण त्यहाँका मानिसहरूको मनोबिज्ञान फरक लाग्नु र वाहिय संसारका मानिसहरूले आत्मियता महशुस गर्न नसक्नु अस्वभाविक हुँदैहैन ।

जीवन पद्दतिमा अवलम्बन गरेको तथा बैभैद्य दृष्टिकोणहरुलाई समन्वयात्मक-सहृदयाताको राजमार्गमा सहयात्रा र सहकार्य गरेको उदार चरित्रको विश्व दृष्टिकोण बिकास गरेकै कारण, फुटाउने र शासन गर्ने, विधर्मीका सयौं प्रयास पनि असफल भएका प्रसस्तै उदाहरणहरु हामि समक्ष छन् ।

यि माथिका उदाहरणहरु प्रसंगवस उच्चारण गरिएका केहि प्रतिनिधिमुलक अवयवहरु मात्रै हुन् । धेरै टाढा जानै पर्दैन, नेपाल राज्यराष्ट्र भित्रैका बिभिन्न समुदायहरुका विचमा समान संस्कार, संस्कृति, विचार, दृष्टिकोण तथा विश्व मान्यता पनि छन् । मिल्दै नमिल्ने, एकअर्कामा विरोधाभाष तथा प्रतिद्वन्दिता तथा प्रतिस्पर्धात्मक चालचलन, रितिरिवाज, संस्कार, संस्कृती, विचार, दृष्टिकोण तथा विश्वमान्यता पनि छन् । यहि पृष्ठभुमिमा विभिधतालाई हजारौंहरजार बर्षदेखि आत्मसात गरेको, जीवन पद्दतिमा अवलम्बन गरेको तथा बैभैद्य दृष्टिकोणहरुलाई समन्वयात्मक-सहृदयाताको राजमार्गमा सहयात्रा र सहकार्य गरेको उदार चरित्रको विश्व दृष्टिकोण बिकास गरेकै कारण, फुटाउने र शासन गर्ने, विधर्मीका सयौं प्रयास पनि असफल भएका प्रसस्तै उदाहरणहरु हामि समक्ष छन् । यद्यपी हरेक समाजाको आआफ्नै धान्न सक्ने क्ष्यमता हुन्छ ।

समाजको आधारशिला तथा सम्रचनामै गरिएको आक्रमणको दुस्प्रयास, उदण्डता, उसृंखलता तथा हस्तक्षेपको दिर्घकालिन परिणाम के होला ? विदेशी विधर्मी तथा विधर्मका मतियारहरुको यस्तो उसृंखल रणनीतिक हस्तक्षेपको परिणाम समन्वयात्मक-सहृदयातमक विविधतायुक्त दर्शन, सिद्धान्त, दृष्टिकोण, मताग्रहहरुको अस्तित्व र अभ्यासमा के कस्तो प्रभाव पर्ला ? सबै दर्शनहरुको सहनशीलता, विविधतालाई सम्मान गर्न, जगेर्ना गर्न तथा तिनको प्रवर्द्धन गर्न समान तत्परता तथा अग्रसरता छैन भन्ने तथ्यमा व्यक्ति यो पङ्तिकार दृढ विश्वासी छ । यसरी मुख्यमुख्य समुदायको विश्वदृष्टिकोण फरक भएकाकारण प्रतेक समाजको निर्णायकत्व पनि फरकफरक हुनु स्वभाविक हो ।

विभिन्न आवरणमा तिनको प्रहार सामाजिक, साँस्कृतिक, आर्थिक, धार्मिक तथा शिक्षाको आधारभूत सम्रचनामै छ ।

हरेक समाजको आआफ्नो विश्व दृष्टिकोण हुन्छ हामी हाम्रो समाजको स्थिति-गत्यात्मक मुलधारबाट बिचलित भएका हैनौं, रणनीतिक रुपमा भुइँफुट्टा तुल्याइँदै छ । अरु समाज जसरी हिजोआज बिज्ञान र प्रविधिको बिकास, ज्ञानको विस्फोट र जनसंख्याको तीब्र बसाइँसराइका कारण कसरी विविधतालाई व्यवस्थापन गर्ने भनेर सोच्दै छन्, हामी संग यसै विषयमा हजारौंहजार बर्षको अनुभव छ । विभिन्न आवरणमा तिनको प्रहार सामाजिक, साँस्कृतिक, आर्थिक, धार्मिक तथा शिक्षाको आधारभूत सम्रचनामै छ । धेरै पुरानो इतिहास तर्फ फर्कनै पर्दैन, लिच्छवि काल, मल्ल काल र शाह कालकै सुरुवाती चरणमा हाम्रो समाजको निर्णायकत्व स्थिति पुर्वाग्रह बाट टाढा रहेर हर्ने हो भने, हाम्रो क्ष्यमता, साहस र आत्मविश्वास प्रमाणित हुन्छ । विश्वका अग्रणी सबै राष्ट्रहरुको श्रेष्ठता कसैको पिछलग्गु अथवा कसैको अनुसरण गरेर भएकै हैन । आजका दिनमा जसको अग्रता, श्रेष्ठता छ त्यो, अटल र स्थायी पनि हैन ।

धेरै पुरानो इतिहास तर्फ फर्कनै पर्दैन, लिच्छवि काल, मल्ल काल र शाह कालकै सुरुवाती चरणमा हाम्रो समाजको निर्णायकत्व स्थिति पुर्वाग्रह बाट टाढा रहेर हर्ने हो भने, हाम्रो क्ष्यमता, साहस र आत्मविश्वास प्रमाणित हुन्छ ।

यदि संसार स्थिती-गत्यात्मक हो र बिज्ञानको आवरणमा जसरी अरुका समाजको मूल्य व्यवस्था लादेर हामिलाई नपुंसक बनाएर हाम्रो सभ्यताको आधारमाथी हमला गरिन्छ भने तब हाम्रो कर्तब्य बन्छ आफ्नो जरोकिलो खोज्ने । विदेश केन्द्रित परिवर्तन गरेर, मौलिक रैथाने प्रतिमान अवल्मबन गर्ने हो भने, प्रष्ट हुन्छ, काम नलाग्ने ढुङ्गा भनेर कुल्चेर हिँडेका विविधतायुक्त मौलिक रैथाने ज्ञान प्रणली, विधि, पद्धति, प्रविधि, संस्कृति, संस्कार अमुल्य खजना लाग्ने छन् । आफ्नो स्वभावमा फर्केर आफ्नो पनको बिकास गर्नु र अन्ततोगत्वा विश्वलाई नै स्थिति-गत्यात्मक प्रगतिको सत्मार्गमा मार्गनिर्देशन गर्न सक्ने उदार चरित्रको विश्व दृष्टिकोण बिकास गर्न सक्ने सम्पुर्ण सामल बिज्ञान र आध्यात्मलाई परिपुरक मानेको पुर्विय दर्शनको समुद्रमा छ । लघुताभाषको आत्मरतिमा बसेर समुद्रको किनारमा यताउता दौडने हैन, समुद्रमै डुबुल्किमार्न स्वकृयात्मक अग्रसरता लिनु पर्दछ ।

Leave a Reply

Your email address will not be published.