लेखनाथ सिटि र सिद्धार्थ ईन्स्योरेन्स विच स्वास्थ्य विमा सम्झौता

Featured गण्डकी प्रदेश समाचार स्वास्थ्य

पोखरा १८, भदौ

नेपालकै अग्रणी निर्जीवन विमा कम्पनी सिद्धार्थ ईन्स्योरेन्स र पोखरा २६ बुढिबजार चोकमा रहेको लेखनाथ सिटी हस्पिटल विच स्वास्थ्य विमा सम्झौता भएको छ । मंगलबार भएको सम्झौतामा ईन्स्योरेन्सको तर्फबाट रिजनल म्यानेजर सुनयना पालिखे र लेखनाथ सिटी हस्पिटलको तर्फबाट हस्पिटल अध्यक्ष संन्जय कार्कीले संयुक्त हस्ताक्षर गरेका हुन् ।

व्यक्तिगत स्वास्थ्य विमा अन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले रु १ हजार ७ सय ५० रुपैयाँ तिरे पछि १ लाख सम्मको स्वास्थ्य विमा १ वर्ष सम्म प्राप्त गर्नेछ। उक्त अबधी भित्र अकस्मात विरामी हुँदा लेखनाथ सिटि हस्पिटल वाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, औषधि, अपरेशन लगायतका उपचार नि:शुल्क प्राप्त गर्न सकिनेछ।

पोखरा र आसपासका बिरामीहरुलाई अझै उत्कृष्ट सेवा तथा सहज सुबिधा प्रदान गर्नको लागि हस्पिटल आफैले सिद्धार्थ संगको सहकार्यमा स्वास्थ्य विमा शुरु गरेको निर्देशक सुजन रानाभाटले बताए ।

ईमर्जेन्सी सहित २५ शैया रहेको हस्पिटलले स्वास्थ्य विमा अभियानलाई शुरुमा स्थानीय हरुलाई प्राथमिकता दिदै लैजाने र पछि अन्य वडा हरुमा पनि विस्तार गर्ने लक्ष्य राखेको निर्देशक उदिपराज ढुङ्गानाले जानकारी दिएका हुन्।

हाल लेखनाथ सिटी हस्पिटलमा डा. बिद्याभुषण ताम्राकारको नेतृत्वमा हाडजोर्नी तथा बाथ हरेक दिन १२ घण्टा, ईमर्जेन्सी मेडिसिन तथा जनरल प्राक्टीस डा. अमित तुलाचनको नेतृत्वमा २४ सैं घण्टा आकस्मीक सुबिधा र अन्य सम्पुर्ण बिशेषज्ञ सेवाहरु सहित संचालित रहेको छ ।

Source: https://sksamachar.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *