लागूपदार्थ दुर्व्यशन र महिला हिंसा

आज को बिचार

सुगन्धा सुवेदि

लागुऔषध तथा मदिराजन्य पदार्थको दुर्व्यशनलाई कसरी नियमित र नियन्त्रित गर्ने? यो आज मात्र सोध्ने र सोधिने प्रश्न होईन। यो नेपाल र नेपालीले लागु औषध भनेको के हो भन्ने जान्नेले मात्र मुल्याँकन र लेखाजोखा गर्ने पनि होईन। यो त सबै केटीका बाबु-आमा, शिक्षक-विध्यार्थी, समाज र समुदायले चाख राख्नु पर्नै विषय हो? तर आज नेपालमा के भईराखेको छ हाम्रो समाजले यसलाई कसरी लिई राखेको भन्ने कुरा झन झन जटिल र झन झन ढिलो हुँदैछ।तर जनता, समाज र सबै सरोकारवालाहरुलाई सचेत र जागरुक गराउने काममा भने समाजका सचेतबर्ग चुप लागेर बस्न हुँदैन। तर आज भोली नेपालको लागु औषधको बढदो दुरुपयोग देख्दा यस्तै लागी रहेको छ को सरकार र जनता सबै झन झन पछि पर्दैछन र हाम्रा भोलीका पुस्ताहरु अती नै गम्भिर संकटमा फस्दै छन्।

त्यसैले यो चुनौतीलाई जनता, समुदाय र सरकारले कसरी बुझीराखेको छ, कसरी सम्वोधन गर्छ भन्ने कुराले अतीनै ठुलो महत्व राख्दछ्। तर आज यो समस्यालाइ समाधान गर्नुका साटो अब गाँजा बैधानिक गरेर खेतिगर्दा देश सम्बृद्द हुन्छ भनेर आवाज चर्को बनाउदै छन । हामिले धेरै समय देखि देखिरहेका छौ।मदिरा तथा सुर्तिजन्य पदार्थ जताततै खुल्लमखुल्ला बिक्रिबितरण तथा सेवन गरिरहेका पाउछौ।तर सरोकारवालाहरुले रोकथाम गर्न सकेको पाइदैन ।सतहमा पुगेर हेर्नेहो भने यसमा संलग्न हुनेमा उत्पादन तथा बिक्रि बितरणमा महिलाहरूको प्रत्यक्ष रुपमा देखिन्छ भने प्रयोगकर्ता पनि अन्य मानिसहरुका साथै स्वयंका श्रीमान तथा छोराछोरी पनि हुन सक्छन र सेबन पछि तिनै महिलाहरुलाइ हिंसा गर्न पुगेका हुन्छन । देशका अधिकांस जेलहरुमा रहकेका अपराधिहरु धेरैजसो मदिरा तथा लागु पदार्थको सेवन पछिका हत्त्या हिंसा बाट नै जेल पुगेको पाइन्छ ।अघिल्ला बर्षका उथलपुथल मच्चाउने बलत्कारका घटना तथा हत्या हिंसामा कार्बाहिमा परेका चर्चित ब्यत्तित्वहरुपनि नसा सेबनकै कारण होस गुमायर अपराधिक काममा संलग्न हुन पुगेको कुरा घाम जस्तै छर्लङ्गै छ ।२१औं सताब्दी तथा कलि युगमा जन्मेका हरेक मान्छेलाई हरेक इच्छा पुरा गर्ने स्वतन्त्रता हुन्छ।स्वतन्त्रता छ भन्दै चाहे राम्रो परिणाम आवस चाहे नराम्रो नसा सेवन तिर उद्धत रहेको पाइन्छ।

साच्चै भन्ने हो भने देशमा भएको राजनैतिक परिबर्तन संगै लागू औषध सेवन, बरामद, ओसार पसारका तथा यस संग सम्बन्धित घटना दिन दुगुना त रात चौगुनाले बढ्दै गएको विभिन्न समाचार माध्यमहरुबाट सुन्न र बुझ्न सकिन्छ। लागू औषध तथा मदिरा सेवनको कारण धेरैको घरबास उजाड बनेका छ भने कैयौं जीवन नर्क समान भएको छ।तिनीहरुलाई परिवार र समाजले हेर्ने दृष्टिकोण समेत परिबर्तन भैदिन्छ। एउटा संग्लो मानव नसाको सेवन नगरुन्जेल बिरालो जस्तो हुन्छ भने नसाको सेवनपछी सिंह जस्तो आक्रामक ढङ्गबाट प्रस्तुत हुने र जस्तो सुकै कठिन परिस्थितिलाई समेत पार गरेर हिंसा गर्न सक्ने मनस्थितिमा पुगेको पाइन्छ।

कुलतको नसामा फसेका मानिसहरूलाइ सुधार्ने भनेको त्यति सहज काम होइन । यसका लागि राम्रा उपचार केन्द्र,सहि परामर्श,सामाजिक तथा पारिवारिक बातावरणका महत्वपुर्ण भुमिका हुन्छ । नेपालमा लागु पदार्थ दुर्ब्यसनिहरूका लागि सरकारि उपचार केन्द्र उपलब्ध छैन भने निजिस्तरमा सञ्चालित पुनर्स्थापना केन्द्रहरुको स्तर खासै राम्रा पाइदैन रसरकारले तेति चासो देको पनि देखिदैन। सरकारले निर्धारण गरेको मापदण्ड अनुसार सेवा दिने पुनर्थापनाकेन्द्र नगन्य मात्रामा पाइन्छ । च्याउसरि खोलियका केन्द्रहरूमा सरकारि सहयोग पनि छैन भने भर पर्दो अनुगमन तथा कार्बाहि समेत भएको पाइदैन ।लामो समय उपचार गर्नु पर्नेमा परिबारका हतार तथा सुधार गृहमा उचित सुबिधाको अभाबका कारण दुर्ब्यसनिहरूले राम्रो उपचार पनि पाउन्नन फलस्वरूप पैसा र समय मात्र बर्बाद हुन पुग्छ ।

समग्रमा भन्नु पर्दा उपचार केन्द्रमा लगेर समय र पैसा बर्बाद पार्नु भन्दा अफ्ना परिवारलाइ कसरि बचाउने भनि सचेत रहनु सबैका लागि लाभदायक छ । कुनै न कुनै रूपमा यस्ता पदार्थका बिक्रिबितरण तथा उत्पादनमा लागेका महिलाहरूलाइ चेतना दिलाउदै उनिहरूलाइ बैकल्पिक आयमुलक काममा ब्यस्त बनाउदै जाने हो भने लागू औसध दुरुपयोग का कारण हुने लैङ्िगक हिंसा निउनिकरण हुने देखिन्छ भने त्यो आजको आबस्यकता पनि हो।

अध्यक्ष – जागरण महिला बिकास समाज नेपाल  तथा  लागुऔषध दुरुपयोग नियन्त्रण अभियानकर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *