यस्तो छ काभ्रेको चर्चित बाहुबली (तीनधारे) झरना (फोटो फिचर)

विशेष

काभ्रेपलाञ्चोक। रोशी गाँउपालिका–२ मा पर्ने तीनधारे (बाहुबली) झरनाको चर्चा पछिल्लो समय चुलिँदै गएको छ । लकडाउन विचमा चर्चामा आएको यो झरना हेर्न पछिल्लो समय देशका विभिन्न स्थानबाट मानिसहरु पुगने गरेका छन। मनमोहक झरनाको तस्विर र भिडियोका कारण सामाजिक संजालमा चर्चाको विषय बन्दै गएको छ।

सामाजिक संजालमा यसलाई बलिउड चलचित्र ‘बाहुबली’ मा देखाईएको झरनासँग तुलना गर्दै ‘बाहुबली झरना’को नाम दिँईएको छ। हिजोआज झरनामा पुगेर फोटो,भिडियो लिनेदेखि टिकटक बनाउन चाहने युवायुवतिहरुको प्रतिस्पर्धा नै चल्न थालेको छ।

स्थानीयले यसलार्ई तिनधारे ,त्रिशक्तीको नामबाट चिन्ने गरेका छन। यो अद्भुत भरनाको माथि काली दह रहेको छ भने झर्नाको बायाँ तर्फ नवदुर्गा र मध्य भागमा गणेश थापना गरिएको छ। झरनाको तीनधारालाइ त्रिशक्ति (ब्रमा,बिष्णु,महेश्वर) को रुपमा मान्ने गरिएको स्थानिय मगर समुदायको भनाइ छ।

‘हिजोआज तीनधारेमा आन्तरिक पर्यटकको घुँईचो लाग्न थालेको छ। कोरोना कहरलाई वेवास्था गर्दै मानिसहरु महाभारत पहाडबाट निस्केको झरनामा रमाउन स्थानीयका अनुसार झण्डै २ महिनादेखि झरनामा घुम्न आउनेको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको छ। झरना हेर्न दैनिक १५ सयको हाराहारीमा मानिसहरु मौसम र भुगोलको वेवास्था गर्दै यहाँ पुग्ने गरेका छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *