मैत्रीपुर्ण व्याटमिन्टनको उपाधी सिनियर तर्फ कृष्ण घ.म.र लोक ब. खत्री, जुनियर तर्फ छवि सुवेदी र सुरज बस्नेतलाई

Featured खेलकुद गण्डकी प्रदेश मनोरञ्जन विशेष समाचार समाज

पर्वत, १२, आश्विन, पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्माले विजयदशमीको पुर्व सन्ध्यामा आयोजित मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि ले मन्तव्य दिदै प्रजिअ कल्पना घिमिरे नेपाल

सिनियर तर्फको आज भएको फाईनल खेलमा कृष्ण बहादुर घर्ती मगर र लोक बहादुर खत्री को जोडीले हरिओम लामिछाने र नुन बहादुर थापाको जोडी लाई २–० सेटमा पराजित गर्दै उपाधी चुम्न सफल भएका थिए भने जुनियर तर्फको फाईनल खेलमा छविलाल सुवेदी र सुरज बस्नेतको जोडीले, यामनाथ पौडेल र दयाराम अधिकारीको जोडीलाई २–० सेटमा नै पराजित गर्दे उपाधि आफ्नो पोल्टामा पारेको हो ।

सिनियर तथा जुनियर टिमका विजेता एवम् उपविजेता

आपासी भाईचाराको रुपमा विभिन्न क्षेत्रमा रहि यस कुश्मा आसपासलाई कर्मथलो बनाएका व्यापारी, व्यवसायी, निजामती कर्मचारी, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना लगायत विभिन्न क्षेत्रमा संलग्न भई व्याडमिन्टन तथा अन्य खेललाई माया गर्ने महानुभावहरुको बाक्लो उपस्थितिमा मैत्रीपुर्ण व्याडमिन्टनका खेलहरु सम्पन्न भएका थिए ।

समापन समारोह

कार्यक्रमको समापन एवम् पुरस्कार वितरण समारोह कार्यक्रम पर्वत मोदीकाली व्याडमिन्टन संघका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सुनिल भुषालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, विशिष्ट अतिथिहरुमा शसस्त्र प्रहरी उपरिक्षक सोम बहादुर गुरुङ, प्रहरी नायब उपरिक्षक श्यामु अर्याल, पर्वत उधोग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख बासुदेव रेग्मी, पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदी, घरेलु तथा साना उधोग विकास कार्यालयका प्रमुख गोविन्द प्रसाद पौडेल, मोदी गाँउपालिका वडा नंं ६ का वडा अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य विमल लामिछाने लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । खेलकै क्रममा सवै उपस्थित महानुभावहरुलाई शसस्त्र प्रहरी बल २५ नं. गणको संयोजनमा दिवा भोजको आयोजना भएको थियो ।

शसस्त्र प्रहरी २५ नं गणको संयोजनमा दिवा भोजको कार्यक्रम

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले आफ्नो–आफ्नो इच्छा अनुसारको खेल खेलदै शरिरलाई स्वास्थ्य राख्नु पर्ने बताउनु भयो भने अन्य विशिष्ट अतिथिहरुले समय समय मा मैत्रीपुण खेलको आयोजना गरि खेल र आफ्नो स्वास्थ्यलाई चुस्त दुरुस्त राख्नु पर्ने बताउनु भयो । कार्यक्रमका संचालक हरिओम शर्मा लामिछाने र पर्वत मोदीकाली व्याडमिन्टन संघका उपाध्यक्षले निकै सर्घष र परिश्रमका विच कुश्मा मा व्याडमिन्टन कर्भडहल बनेको भन्दै यस क्रममा सहयोग गर्नु हुने सवै सहयोगी मन हरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

फोटोफिचरहरु

फाईन खेल काे लिंक

सिनियर

#फाईनल पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्मा द्वारा आयोजित मैत्रीपूर्ण व्याडमिन्टन फाईनल खेल Group "A" कृष्ण घर्ती मगर +लोक बहादुर खत्री VS हरिओम लामिछाने +नुन बहादुर थापा को जोडी 🏸🏸🏸

Posted by पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्मा पर्वत on Sunday, September 29, 2019

जुनियर

पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्मा द्वारा आयोजित मैत्रीपूर्ण व्याडमिन्टन खेलGroup "B" फाइनल गेम छवि सुवेदी+सुरज बस्नेत VS यामनाथ पौडेल+दयाराम अधिकारी

Posted by पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्मा पर्वत on Saturday, September 28, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *