मित्रता एग्रो प्रालिको अध्यक्षमा गुरुङ

समाचार समाज

पोखरा ९ मंसिर ।
मित्रता एग्रो प्रालिको अध्यक्षमा बिकास मित्रता एग्रो प्रालिको अध्यक्षमा गुरुङ सर्वसम्मत चयन भएका छन । युवा ब्यवशायीहरु वीच साथ, सहयोग र सहकार्य भन्ने मुल नाराका साथ सञ्चालित युथ कम्युनिटी क्लवमा  आवद्ध सदस्यहरुको सामुहिक लगानीमा सञ्चालित मित्रता इन्भेष्टमेन्ट कम्पनी द्धारा सञ्चालित मित्रता एग्रो प्रालिको हालै सम्पन्न बैठकले बिकास गुरुबको अध्यक्षतामा नया कार्यसमिती चयन गरिएको हो ।जसअन्तर्गत प्रालिको उपाध्यक्षमा ईशा गुरुब, सचिवमा चुन नारायण श्रेष्ठ र कोषाध्यक्षमा कृष्ण प्रसाद दहाल चयन भएका छन । त्यसैगरी
सदस्यहरुमा चिन बहादुर गुरुब, शर्मिला लामा, मनोज गुरुब, मिलन कुंवर, रोशन अधिकारी, जीवन पौडेल, रुवि रञ्जीत चयन भएका छनभने
सल्लाहकारहरुमा पूर्ण कुमार श्रेष्ठ र जयन्ती मोक्तान चयन भएका छन । युथ कम्युनिटी क्लवमा आवद्ध सदस्यहरुद्धारा सञ्चालित मित्रता
इन्भेष्टमेन्ट कम्पनी प्रालिद्धारा सञ्चालित मित्रता एग्रो प्रालिले हालै पोखरा ३३ मा रहेको पिग पार्कमा बंगुर पालन समेत गर्दै
आइरहेको छनभने कृषी सम्वन्धी विभिन्न आयोजनाहरु समेत गर्ने तयारी रहेको प्रालिले जनाएको छ । त्यसैगरी मुलुकभर आफ्नो
क्लवको समेत विस्तार गर्ने योजना रहेको क्लवले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *