भोली सार्वजनिक विदा दिने सरकारको घोषणा

Featured विशेष समाचार समाज

काठमाडौं ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको दुखत निधन भएको शोकमा सरकारले विदा दिने घोषणा गरेको छ ।

हेलिकोप्टर दुर्घटना भएपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद् वैठकले भोली विदा दिने निर्णय गरेको हो ।

दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मन्त्री अधिकारीका अलावा आङछिरिङ्ग शेर्पा, ध्रुवदास भोछिभोय, युवराज दहाल, वीरेन्द्रप्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसी छन् ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरूको शव बुधवार नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थल ल्याएको छ ।

-इमेची डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *