भावनात्मक विखण्डनका कारण पार्टी फुट्यो : विवेकशील साझा

बागमती प्रदेश समाचार

काठमाण्डौ, ०१ माघ ।
विवेकशील साझा पार्टीले भावनात्मक रुपमा एकता हुन नसकेका कारण नै पार्टी फुटेको निष्कर्ष निकालेको छ ।
पार्टी फुटपछि ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेकाले पार्टी फुटेको निष्कर्ष निकालेको हो ।
पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले पार्टी भित्रका कमी कमजोर सुधार गरेर अघि बढ्ने सम्भावना हुँदाहुँदै हतारमा पार्टीबाट अलग भएर उज्जल थापा समूहले गम्भीर गल्ती गरेको बताए ।


उनले जनताको मुद्धालाई शसक्त ढंगले अघि बढाउने निर्णय पनि केन्द्रिय समितिले गरेको जानकारी दिए । बैठकले पार्टी फुटको समीक्षात्मक रिपोर्ट बनाउने जिम्मा पार्टी संयोजक रविन्द्र मिश्रलाई दिएको छ ।
साथै माघ १२ गते देशभरका प्रतिनिधिको राष्ट्रिय भेला बोलाइएको छ भने माघ तेस्रो साताबाट विशेष मधेस मिसन सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता आचार्यले बताए ।
केन्द्रीय समितिको बैठकले अर्को बर्ष २०७६ साल फागुन १५ देखि १९ मा महाधिवेशन गर्ने निर्णय समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *