बेनेलीको नयाँ मोडल पोखरामा

Featured समाचार

उपभोक्ताको रोजाईलाई ध्यान केन्द्रित गर्दै समय परिवतनसँगै नयाँ
मोडलका बेनेली बाइक वजारमा आउने भएको छ । तीन वटा फरक मोडलका बेनेली बाइक
विक्री वितरण गर्दै आईरहेको पोखराका लागि आधिकारिक विक्रेता लोमस इन्टरप्राईजेज
प्राईभेट लिमिटेडले थप ३ वटा बाइक पोखरामा चैत्र ५ गतेबाट विक्री वितरण गरिने लोमस
इन्टरप्राईजेज प्राईभेट लिमिटेडका प्रवन्ध निर्देशक अभिजित श्रेष्ठले बताए ।

जसमा बेनेली टीएनटी १५० सि.सि, बेनेली टीएनटी १५० आई , बेनेली
वीएन २५१ सि.सि जसको बजारमूल्य २३०,०००, ३१५,०००, ५२०,००० रहेको छ । अन्य
बाइकको तुलनामा पिक अप राम्रो, अफ रोड तथा लामो दुरीमा यात्रा तय गर्दा ग्राहो महशुस
नहुने र यसको स्वरुप भिन्नै भएकाले पनि वजारमा यसको माग राम्रो रहनेमा आफु विश्वस्त
भएको श्रेष्ठले वताए । आगामी दिनहरुमा पनि थप नयाँ बेनेली बाइक परिस्कृत गर्ने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *