नोभेम्बरमा चीनको अमेरिकासँगको व्यापार नाफा उच्च : चीन

प्रवास समाचार

बेइजिङ, २२ मङ्सिर 

चीनको अमेरिकासँगको ब्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ ।

चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्क अनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन गरेको देखिएको छ ।

“यो बर्षको नोभेम्बरमा चिनियाँ समानको अमेरिका निर्यात दरमा ९.८ प्रतिशतले वृद्धि देखिएको छ भने आयातमा २५ प्रतिशतको गिरावट आएको छ,” तथ्याङ्कमा भनिएको छ ।

अमेरिकासँगको व्यापारबाट भएको नाफा यसै बर्षको अक्टोबरमा ३१ अर्ब ८० करोड डलर देखिएको थियो । चीन–अमेरिकाबीच देखिएको व्यापार विवादका कारण अमेरिकाले चिनियाँ सामानमाथि अतिरिक्त कर वृद्धि गरेको भएपनि व्यापारमा यसको प्रभाव अपेक्षा गरिएभन्दा अझ सकारात्मक देखिएको चीनको दावी छ ।

सन् २०१८ को ११ महिनामा चीनको अमेरिकासँगको व्यापार नाफा २ खर्ब ९३ अर्ब ५० करोड डलर रहेको र अघिल्लो बर्षको सोही अवधिमा व्यापार नाफा दुई खर्ब ५१ अर्ब ३० करोड रहेको चिनियाँ अधिकारीले दावी गरेका छन् । (रासस÷एएफपी) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *