लिमीठानाकी १७ वर्षिया बालिका दुई महिनादेखि बेपत्ता

Featured विशेष समाचार समाज

पर्वत । दुई महिनादेखि पर्वतकी एक बालिका बेपत्ता भएकी छिन् । फलेवास नगरपालिका खानीगाउँको भवानी विद्यापीठ माविमा ११ कक्षामा अध्ययनरत १७ बर्षिया सदिक्षा सुनार बेपत्ता भएकी हुन् । लिमीठाना घर भएकी ती बालिका हराएको महिना दिन पुग्दासमेत कुनै खबर नपाएको अभिभावकले गुनासो गरेका छन् ।

बेपत्ता भएको दुई महिना पुग्दा समेत प्रहरीले खोजतलास नगरेको उनका बुवा हिमालाल सुनारले बताए । दुई महिना भयो छोरी हराएको उनको अत्तो पत्तो छैन प्रहरीलाई खोजि गर्न निवेदन पनि दियौं तर अझसम्म केही जानकारी प्रहरीले दिन सकेको छैन उनले भने ।
छोरीको न सास भेटियो न लास सदिक्षाकी आमा दिलकुमारी सुनारले भनिन् । यत्रो समयसम्म छोरी बेपत्ता हुदाँ समेत प्रहरी प्रशासनले खोजी कार्यमा सहयोग नगरेको उनको दुखेसो छ ।

यता जिल्ला प्रहरी कार्यालयले भने आफूहरुले खोजतलास गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *