बालबालिकालाई नेपाली माटोमै भविष्य देख्ने बनाउनु पर्छ-केन्द्रीय सदस्य विमल लामिछाने

Featured गण्डकी प्रदेश विशेष समाचार समाज

२७ मंसिर २०७७, पर्वत । नेपाल बाल संगठन तदर्थ कार्य समिती, पर्वतको साधारण सभामा शुरु भएको छ । उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् मोदी गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष विमल लामिछानेले बालबालिकालाई नेपाली माटोमै भविष्य देख्ने वातावरण बनाउने कुरा व्यक्त गर्नु भएको छ ।

मन्तव्यकै क्रममा केन्द्रीय सदस्य लामिछानेले भन्नु भयो एक युवाले यो माटोमा आफ्नो भविष्य नदेखी खाडी मुलुको ५० डिग्री तापक्रममा भविष्य देखेको वर्तमान समस्यालाई कोट्याउदै अहिलेको सुनौलो भविष्य बोकेका बालबालिकालाई खाडी मुलुकमै भविष्य देखाउने वातावरण सिर्जना गर्न नदिन सवै सरोकारवाला जिम्मेवारीका साथ अगाडि बढन आग्रह पनि गर्नु भयो ।

एक युवा जसले आफ्नो एउटा कपाल फुलेको वृद्धा बावुलाई पिडीको डिलमा कुराएर, एउटी विरामी आमालाई उपचार खर्च जुटाउन, आफ्नी श्रीमतीको चोलो फेर्ने उपाय खोज्न र आफ्ना छोराछोरीको कलमकापी जुटाउन विदेशीनु परेको भन्दै यस्ता मुद्धाहरु राष्ट्रिय बहसको विषय बनाउनु पर्ने कुरा कार्यक्रमा लामिछानेले उजागर गर्नु भयो ।

नेपाल बाल संगठन जिल्ला कार्य समिति पर्वतले एक गरिब, असाय र दुख पाएका बालबालिकाको पक्षमा काम गर्ने नवराज भुषाल जस्ता युवा पाएको भन्दै अब बन्ने कार्यसमिति पनि उत्तिकै सशक्त र जुझारु हुने विश्वास राख्दै समग्र बालबालिका, वृद्धा र युवाको पक्षमा आफु सधै लागिरहने कुरा पनि केन्द्रीय सदस्य लामिछानेले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *