बम्जनको आश्रमबाट हराएकाको हत्या आशंका, नौ पोका नुनको खोल भेटियो

समाचार

तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ । प्रहरीले वाइबाको खोजी गर्ने क्रममा आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडीएको अवस्थामा नौ पोका नुनको खोल भेटिएपछि हत्याको आशंका गरेको हो ।

‘आश्रमबाट तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटियो। त्यसमा हड्डी पाएको छैन’ अनुसन्धानमा खटिएका प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले भने, ‘शव अन्यत्रै लगेर जलाइएको हुनसक्छ।’

सञ्चलालका छोरा महेन्द्रले बाबु खोजीपाऊँ भनी बिहीबार जिल्ला प्रहरीमा जाहेरी दिएका थिए। लगत्तै प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको थियो। त्यसपछि शुक्रबार नै प्रहरी टोलीले इन्द्रावती गाउँपालिकास्थित बाँडेगाउँको टोड्के वनस्थित बम्जनको ८० रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा छापा मारेको थियो। सञ्चलालकाछोराले आफ्नो बुवालाई कुटेर मारेको आरोप लगाएका छन्।

वाइबाको खोजीका लागि साता दिन अघिदेखि विशेष अनुसन्धान टोली खटाएको प्रहरीले जनाएको छ।
Source:- Ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *