स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिदैन प्रवास
अब गर्ने देश विकास ।
——————
खेर जान्नन नदी नाला
बाँझा हुन्नन् डाँडापाखा
यो उर्वर सुन्दर देश ।
——————
चट्टान काटी सुरुङ खोली
बन्छन नयाँ बाटा
सुशासन र विकासको
चल्छ अभियान साझा ।
——————
बालबालिका विद्यालय
सफल अस्पताल
सबलाई सामाजिक सुरक्षा
बन्छ नमूना नेपाल
२ मे २०२०
२० बैशाख २०७७