फलेवास नपा-१० कुर्घा, पर्वतमा ठुलो पहिरो करिव ७ घर जोखिममा

Featured गण्डकी प्रदेश विशेष समाचार समाज

२९ भाद्र, पर्वत

गत रातीको अविरल वर्षाका कारण पर्वत जिल्लाका विभिन्न स्थानहरुमा बाढी र पहिरोकका कारण ठुलो धनजनको क्षति हुन गएको छ । बस्ती भन्दा माथिबाट आएको पहिरोको कारण फलेवास नगरपालिका वडा नं १० कुर्घा स्थित फल्लाका करिब ७ घरका परिवार विस्थापित हुन पुगेका छन ।

करिब २०० मिटर माथिबाट आएको पहिरोले २ ओटा गोठमा रहेका पशुचौपाय पुरेको छ भने घर तथा शौचालयका आंशिक भागहरुमा बाढी तथा पहिरो पसेको छ । हाल सम्म मानवीय क्षति नभएता पनि कृषि तथा पशुचौपाय मा ठुलो क्षति भएको छ ।

पहिरोको अवस्था हेर्दा पुन पहिरो आउन सक्ने रहेकोले स्थानीयहरु थप तर्सित रहेका छन । जुनकुनै बेला थप पहिरो आउन सक्ने भएकाले कुर्घा स्थित फल्लाका बाशिन्दा अन्यत्र बस्नु पर्ने अवस्था रहेको स्थानीयको भनाई रहेको छ ।

बाढी पहिरोका कारण कुश्मा देखि दक्षिण भेगमा जानेयातायातको केही दिनको लागि बन्द हुने अवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *