प्रधानमन्त्री ओलीलाई वेभसाइटबाटै स्वास्थ्य लाभको कामना गर्न सकिने

Featured राजनीति विशेष समाचार समाज

काठमाडौँ । मिर्गौलाको शल्यक्रिया गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेभसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने छ ।

प्रधानमन्त्री ओलीलाई https://kpsharmaoli.com.np मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्ने देश तथा विदेशका शुभेच्छुकले वेभसाइटबाट स्वास्थ्य लाभको कामना गर्न सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओली गत मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा पनि वेभसाइटबाट स्वास्थ्य लाभको शुभकामना दिने व्यवस्था गरिएकोे थियो ।

प्रधानमन्त्री ओली सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीको भोलि बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *