पाठ्यक्रम समायोजित अध्ययन सामाग्री निः शुल्क वितरण कार्यक्रम सम्पन्न

Featured शिक्षा समाचार

हालको विषम परिस्थितीलाई मध्यनजर गर्दै विद्यार्थीहरुको शिक्षण सिकाइमा सहजीकरण गर्ने उद्देश्यले माछापुच्छे गाँउपालिका वडा नं. २ भुर्जुङ्गखोला स्थित माछापुच्छे मा.वि.सँगको सहकार्यमा तयार गरिएको पाठ्यक्रम समायोजित अध्ययन सामाग्री एल.एन्जल स्कुल पोखरा–१९ भुनपरेमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थी भाई बहिनीहरुलाई सोहि विद्यालयका भुतपूर्व विद्यार्थीहरुको सहयोगमा निःशुल्क वितरण कार्यहरु सम्पन्न गरिएको थियो ।

सामाग्री निःशुल्क वितरणका लागि विद्यालयका भूतपुर्व विद्यार्थीहरु रोशन पौडेल , सिर्जना आचार्य, प्रेम गौतम, ममता अधिकारी, गम्भिर परियार, निर्मला आचार्य, अजित गौतम, प्रकाश आचार्य, डा.उर्मिला पौडेल, बिनोद भुजेल र सुदिप आचार्यले सहयोग गर्नुभएको थियो । उक्त कार्यक्रममा एल.एन्जल सार्वजनिक शैक्षिक गुठीका अध्यक्ष ऋषिराम सापकोटाले यस विषम परिस्थितीमा विद्यार्थीहरुले यस सामाग्रीको भरपुर सदुपयोग गर्नुपर्ने सुझाव दिनुभएको थियो साथै यस पाठ्यपुस्तकले विद्यार्थीहरुलाई पढाईमा धेरै सहजीकरण हुने कुरा सहित पाठ्यपुस्तक निर्माणको उेद्देश्य माथि प्रकाश पार्दै माछापुच्छे« मा.वि.का शिक्षक निलराज अधिकारीले बोल्नुभएको थियो ।

विद्यालयका शिक्षक, शिक्षिका भुतपूर्व विद्यार्थीहरु र कक्षा ८,९,१० मा अध्ययनरत विद्यार्थी भाई बहिनीहरुको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रमको संञ्चालन विद्यालयका लेखापाल बिनोद भुजेलले गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालय प्राचार्य दिनेश गौतमले यस सामाग्रीहरु निःशुल्क वितरण गर्ने भुतपूर्व विद्यार्थीहरुलाई धन्यवाद दिदैं विद्यार्थी भाईबहिनीहरु कटिबद्ध भएर सामाग्रीहरुको प्रयोग गरी आफ्नो पढाईलाई निरन्तरता दिनका लागि सुझाव दिनुभएको थियो भने कार्यक्रमकाे सञ्चालन विद्यालयका लेखापाल बिनाेद भुजेलले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *